तोकिएको कार्य क्षेत्रमा जान चिकित्सकलाई स्वास्थ्यमन्त्रीको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

तोकिएको कार्य क्षेत्रमा जान चिकित्सकलाई स्वास्थ्यमन्त्रीको निर्देशन

वीर अस्पतालका वरिष्ठ चिकित्सकहरुलाई तोकिएको अवधिभर डयूटी गर्न पनि निर्देशन

काठमाडौं, १२ साउन । उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले तोकिएको कार्य क्षेत्रमा जान चिकित्सकहरुलाई कडा निर्देशन दिएका  छन् ।

उपप्रधानमन्त्री यादवले काठमाडौं बाहिरका अस्पतालहरुमा खटाइएका चिकित्सकहरु कार्य क्षेत्रमा नजाने गरेको उल्लेख गर्दै सबैलाई आ– आफ्नो कार्य क्षेत्रमा जान सचेत गराएका छन् । उनले वीर अस्पतालका वरिष्ठ चिकित्सकहरुलाई तोकिएको अवधिभर डयूटी गर्न पनि निर्देशन दिए ।

वीर अस्पतालका वरिष्ठ चिकित्सकहरुले अस्पतालमा पर्याप्त समय नदिने गरेको जनगुनासो आईरहेको उल्लेख गर्दै ‘डयूटी आवर’ भित्र अस्पतालकै सेवामा रहन सचेत गराएका छन् । वीर अस्पतालको १ सय २९ औं वार्षिकोत्सवको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले चिकित्सकहरुको पहिलो कर्तव्य उपचार भएकाले त्यसलाई पूरा गर्न प्रतिवद्धताका साथ अघि बढनुपर्नेमा जोड दिए ।

उपप्रधानमन्त्री यादवले शिक्षा र स्वास्थ्य क्षेत्रलाई व्यापारको रुपमा नभई सेवाको क्षेत्रको रुपमा विकास गर्न लागि पर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. पुष्पा चौंधरीले स्थानीय र प्रदेश सरकारसँग सहकार्य गरेर स्वास्थ्य क्षेत्रको विकासमा लागि पर्न मातहतका निकायलाई सचेत गराए । उनले वीर अस्पतालको सेवालाई अझै प्रभावकारी बनाउन आवश्यक सहयोग उपलब्ध गराउने आश्वासन पनि दिए ।

मुलुकको सबैभन्दा जेठो अस्पतालको रुपमा रहेको वीर अस्पतालले सर्वसाधारणको थप उपचारका लागि छाती, बाथ रोग तथा हेमाटोलोजीसम्बन्धि विशेषज्ञ सेवा पनि सुरु गरेको छ ।

अस्पतालले ६ सय बेडको अत्याधुनिक भवन निर्माणको कामलाई तीव्रता दिएको अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेतले जानकारी दिए । अस्पतालले इमर्जेन्सी सेवालाई पेपरलेस बनाउने प्रक्रियालाई पनि अघि बढाइएको जनाएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);