फोहोर व्यवस्थापनबारे विभागीय मन्त्री अनभिज्ञ | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८०, बिहीबार

फोहोर व्यवस्थापनबारे विभागीय मन्त्री अनभिज्ञ

Shakti_Basnet

काठमाडौं, १२ साउन । काठमाडौं उपत्यकाका नागरिक फोहोर घरमै थुपारेर बस्न बाध्य भएका बेला सरकारका विभागीय मन्त्रीले भने फोहोर व्यवस्थापनबारे अनविज्ञता प्रकट गरेका छन् ।

टोखा नगरपालिका र त्रिभूवन विश्वविदालय वातावरण विभागका विद्यार्थीको संयुक्त प्रयासमा सुरु गरेको फोहोर व्यवस्थापनको नयाँ तरिकाबारे जानकारी दिन आयोजित कार्यक्रममा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले यस्तो अनविज्ञता प्रकट गरेका हुन् । मन्त्री बस्नेतले फोहोर व्यवस्थापन अनिवार्य भएपनि व्यवस्थापन चुनौति बनिरहेको भन्दै छलफलबाट चाँडै उपाय निकाल्ने आश्वासन दिए ।

टोखा नगरपालिकाले भने त्रिभूवन विश्वविद्यालय वातावरण विज्ञानका छात्राहरुसँगको सहकार्यमा कुहिने, नकुहिने तथा पुनः प्रयोग गर्नसकिने फोहोरको वर्गिकरण गरी फोहोर व्यवस्थापन गर्ने र फोहोरबाटै पैसासमेत कमाउने उपायसहितको व्यवस्थापन सुरु गरेको छ । काठमाडौंको एकमात्र फोहोर व्यवस्थापन केन्द्रको रुपमा रहेको सिसडोल थप फोहोर लैजाने क्षमता नरहेका कारण काठमाडौंमा घरघरमा फोहोर थुप्रिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);