थाइराईडसम्बन्धि राष्ट्रिय कार्यशाला गोष्ठी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

थाइराईडसम्बन्धि राष्ट्रिय कार्यशाला गोष्ठी

काठमाडौं, २१ मंसिर । नेपाल मेडिसिटी अस्पतालले थाइराईडसम्बन्धि राष्ट्रिय कार्यशाला गोष्ठी आयोजना गरेको छ । थाईराईड रोग निदानको नयाँ–नयाँ प्रविधिबारे जानकारी दिने उद्देश्यले ललितपुरको भैंसेपाटीमा रहेको नेपाल मेडिसिटी अस्पतालले थाईराईडसम्बन्धि २ दिने राष्ट्रिय कार्यशाला गोष्ठी आयोजना गरेको हो ।

अस्पतालमा शुक्रबारबाट सुरु गरिएको सो कार्यशाला गोष्ठीमा थाईराइड रोगको निदानका लागि आवश्यक विधि र प्रविधिबारे विस्तृत जानकारी गराइनेछ । दुर्गम क्षेत्रको अस्पतालका चिकित्सकहरु समेत सहभागी रहेको सो गोष्ठीले देशका सबै भागमा रहेका चिकित्सकहरुलाई थाईराईड रोगको उपचार सम्बन्धि नयाँ प्रविधिबारे पनि जानकारी दिनेछ ।

थाईराइड रोगको निदानबारे विस्तृत जानकारी गराउन सो कार्यशाला गोष्ठी आयोजना गरिएको अस्पतालका वरिष्ठ चिकित्सक चन्दन वरनवालले जानकारी दिए ।

पब्लिक हेल्थ फाउन्डेशन अफ इन्डियाको सहकार्यमा आयोजना गरिएको गोष्ठीमा देशभरका चिकित्सकहरु सहभागी भएका छन् । दुर्गम भेगमा रहेका अस्पतालमा पनि यो रोगको निदानबारे विस्तृत जानकारी होस भनेर दुर्गम क्षेत्रमा काम गर्ने अस्पतालका चिकित्सकहरुलाई पनि कार्यशाला गोष्ठीमा सहभागी गराइएको पनि वरिष्ठ चिकित्सक वरणवालले बताए ।

नेपाल मेडिसिटी अस्पतालले दुर्गम क्षेत्रमा पनि स्वास्थ्य सेवाको सहज पहुँच पु-याउने उद्देश्यका साथ मेडिकल भ्यानमार्फत् पनि स्वास्थ्य सेवा प्रदान गर्दै आईरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);