नेपालमा वंशाणुगत रोगका कारण हजारौँको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेपालमा वंशाणुगत रोगका कारण हजारौँको मृत्यु

genetic disease

काठमाडौं, २१ मंसिर । पछिल्लो समय वंशाणुगत रोगको संक्रमण र त्यसका कारण मानिसको मृत्यु बढिरहेको भन्दै सरोकारवालाहरुले चिन्ता जाहेर गरेका छन् । बैज्ञानिक प्रयोगशाला र अनुशन्धानको अभावकाकारण हरेक वर्ष जेनेटिक रोग विकराल बन्दै गएकोप्रति सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन ।

सरुवा रोगले मानिसलाई मृत्युसम्म पु¥याउने गरेका कारण सरुवा रोग मानिसका लागि चुनौति बनिरहेका छन् । तर, सरुवा रोग भन्दा धेरै नसर्ने रोगका कारण मानिसहरुको मृत्यु हुने गरेका कारण नसर्ने रोगको नियन्त्रण अर्को चुनौति बनिरहेको छ । नेपालमा नसर्ने रोगमध्ये पनि बंशाणुगत रुपमा आउने जेनेटिक रोगका कारण हजारौ मानिसहरुको ज्यान जाने गरेको छ ।

सरुवा रोग भन्दा जेनेटिक रोग परिक्षणका लागि महंगा ल्याव र विशेषज्ञ तथा लामो अध्ययन आवश्यक हुन्छ । तर, बैज्ञानिक अनुसंन्धान प्रविधिबाट क्रोमोजोमभित्र रहेका जीनलाई सूक्ष्म अध्ययन गर्ने प्रयोगशाला नहुँदा हरेक बर्ष रोगको जरोसम्म नपुग्दै मानिसको मृत्यु हुने गरेको छ । त्यही कारण यस विषयको अध्ययनमा रुचिराख्ने युवा बैज्ञानिकहरु पनि हरेकवर्ष नेपालबाट बाहिरिने गरेका छन् ।

जेनेटिक रोग परीक्षण भएपछि कुनै वंशाणुगत रोग छ भने सर्छ वा सर्दैन र सर्ने भए कति प्रतिशतसम्म सर्ने सम्भावना रहन्छ भन्ने कुराको पहिल्यै जानकारी नहुदा कतिपय रोगबाट अकालमै मानिसहरुको ज्यान जाने गरेको छ । जेनेटिक रोगका ३५ हजार प्रकार हुने र यस्ता रोग पत्ता लागेपछि उपचार तथा रोकथाम गर्न सहज हुन्छ । तर नेपालमा अनुसंधान र अनुसन्धानका लागि आवश्यक ल्यावको अभावमासमयमै रोगको पहिचान नहँुदा धेरै मानिसहरुले अकालमै ज्यान गुमाउनुपर्ने आवस्था आएको यस क्षेत्रमा काम गरिरहेकाहरुकोे अनुभव छ ।

यतिबेला वंशाणुगत (जेनेटिक) रोग सम्बन्धी पहिलो राष्ट्रिय सम्मेलन काठमाडौंम भइरहेको छ । सोसाईटी अफ लाईफ साईन्सेस नेपाल र डीकोड जेनोमिक्स रिसर्च सेन्टरले संयुक्त रूपमा शुक्रबार सुरु सम्मेलनमा नीति निर्माता तथा अनुसन्धानकर्ताहरुलाई सहभागि गराइएको छ । नीति निर्माताको तर्फबाट कार्यक्रम उद्घाटनमा पुगेका नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले जेनेटिक रोगहरुको परीक्षणका लागि बैज्ञानिक अनुसंन्धान केन्द्रको स्थापना गर्न आफूले सक्दो पहल गर्ने आश्वासन दिएका छन् ।

नेपालमा जेनेटिक रोगको समयमै पहिचान नहुने र पहिचान हुँदा सम्म रोगले ज्यान नै जोखिममा पारिसकेका हुने गरेको अनुसन्धानमा संलग्नहरुको बुझाइ छ । जेनेटिक रोगहरुमा क्यान्सर, मधुमेह, हिमोफिलिया, उच्च रक्तचाप लगायतका रोगहरु नेपालमा बिकराल बन्दै गइरहेका छन । त्यसका लागि सरकारले अनुसन्धान क्षेत्रमा ठुलै लगानी गर्नुपर्ने आवश्यकता देखिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);