आज विश्व स्वास्थ्य दिवस, नेपालमा पनि मनाइयो | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

आज विश्व स्वास्थ्य दिवस, नेपालमा पनि मनाइयो

अन्जना तिमलसिना

काठमाडौं, २४ चैत । आज अप्रिल ७ अर्थात विश्व स्वास्थ्य दिवस । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को स्थापना भएको दिन अप्रिल ७ लाई हरेक बर्ष विश्वभर विश्व स्वास्थ्य दिवसको रुपमा मनाउने गरिन्छ ।

यस बर्ष पनि ‘स्वास्थ्य सेवा सबैलाई जहिले पनि जहाँ पनि’ भन्ने नाराका साथ नेपालमा पनि विश्व स्वास्थ्य दिवस मनाइयो । तर, नेपालको संविधानले स्वास्थ्यलाई आधारभूत अधिकार भने पनि अझै कतिपय ठाउँमा सिटामोल समेत नपाएर मानिसले ज्यान गुमाइरहेका छन् ।

स्वास्थ्य भन्नाले रोग तथा दुर्बलताबाट मुक्त हुनु मात्र नभई शारीरिक, मानसिक, सामाजिक तथा आध्यात्मिक रुपमा समेत स्वथ्य हुनु हो । नेपालमा स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा जति विकास हुनुपर्ने हो त्यति हुनसकेको छैन ।

पछिल्लो समय जीवनशैली, रहनसहन तथा खानपिनमा आएको परिवर्तनले विभिन्न प्रकारका रोग निम्तने गरेको चिकित्सकहरुको भनाइ छ । नेपालको सन्दर्भमा सरुवा रोगको संक्रमणमा कमी आए पनि नसर्ने रोगको प्रकोप भने बढ्दै गएको छ । क्यान्सर, दम, मधुमेह, उच्च रक्तचाप, मृर्गौला रोग लाग्नेको संख्या बढ्दै गएको छ ।

परिवर्तित जिवनशैली, सुर्तिजन्य पदार्थको सेवन, जकंफुड, धुवाँधुलो, अपर्याप्त शारीरिक क्रियाकलाप, नसर्ने रोगको मुख्य कारण भएको चिकित्सकहरु बताउँछन् । त्यस्तै नेपालका करिब ६० देखि ७० हजार मानिसहरु कुनै न कुनै रुपमा मानसिक रोगबाट ग्रसित भएको तत्थ्याङ छ । तर, आज पनि सामाजिक मान्यता, प्रतिष्ठा तथा रोगप्रतिको दृष्टिकोणका कारण अधिकांश मानिसहरु मानसिक रोगको उपचार गर्न हिचकिचाउँछन् ।

केही भने उपचार नपाएर ज्यान गुमाइरहेका छन् । सरकारले स्वास्थ्य सम्बन्धि विभिन्न कार्यक्रमहरु ल्याएता पनि कार्यान्वयन पक्ष प्रभावकारी नुहँदा स्वस्थ्य सेवा सवैको पहुँचमा पुग्न सकेको छैन । दक्ष जनशक्तिको अभाव, जनचेतनाको कमि तथा सरकारको परियोजनाको अपर्याप्तता जस्ता कारण स्वास्थ्यको क्षेत्रमा फड्को मार्न नसकिएको सरोकारवालाहरुको भनाइ छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);