आज विश्व मुटु दिवस, ‘आफूले जानेको कुरा अरुलाई सिकाऔँ’ भन्ने नाराका साथ दिवस मनाइयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

एलिसा अर्याल, काठमाडौं, १३ असोज  । आज विश्व मुटु दिवस नेपालमा पनि विविध जनचेतना मुलक कार्यक्रम गरी मनाइयो । यस बर्ष ‘आफूले जानेको कुरा अरुलाई सिकाऔँ’ भन्ने नाराका साथ दिवस मनाइयो । आफूले जानेका कुरा अरुलाई भन्ने गरेमा मुटु रोगको जोखिम कम हुन सक्ने भएकाले यो नारा तय गरिएको जनाइएको छ । मुटु रोगबाट बच्न खानपिनमा विशेष ध्यान दिन चिकित्सकहरुले सुझाव दिएका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो समय विकासउन्मुख देशहरुमा मुटु रोगीको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । नेपालमा मात्र २४ देखि २५ लाख मानिसमा कुनै न कुनै प्रकारको मुटु रोग रहेको अनुमान गरिएको छ । चिकित्सकहरुका अनुसार चुरोट, सुर्ती तथा मदिरा सेवन, चिल्लो, पिरो बोसो, तारेका खानेकुरा जस्ता खानपिनका कारण मुटु रोगको जोखिम बढी हुने चिकित्सकहरुको भनाइ छ । वर्षमा एक पटक मात्र भए पनि स्वास्थ्य जाँच गराए मुटु, मिर्गौला, कलेजो जस्ता अंगलाई रोग लाग्नबाट जोगाउन सकिन्छ ।
खानपिनमा ध्यान दिनुका साथै दैनिक शारीरीक व्यायम गर्नाले मुटु रोगबाट बच्न सकिने चिकित्सकहरुको सुझाव छ । मुटु रोग जन्मजात र जन्मिसकेपछि पनि लाग्नसक्छ । जन्मीसकेपछि लाग्ने मुटु रोगमा सबैभन्दा बढी हृदयघात हुनेगरेको चिकित्सकहरुको भनाइ छ । मुटुको धमनी बन्द भएर हृदयाघात हुन्छ ।

हृदयाघातको जोखीम रोक्नको लागी उच्च रक्तचाप, मधुमेहज र कोलेश्ट्रल नियन्त्रणमा राख्नु जरुरी छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);