दशैंको बेला खानपिनमा विषेश ध्यान दिन स्वास्थ्यकर्मीहरुको सुझाव | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

सरोज थापा, काठमाडौं, १२ असोज । दशैंका बेला मिठो खाने र राम्रो लगाउने सबैको चाहना हुन्छ । तर, मिठो खाने रहर गरिरहँदा स्वास्थ्यमा हुनसक्ने गडबडीतर्फ पनि ध्यान दिन जरुरी छ । माछा–मासु लगायतका पोषिलो खानेकुरा नियमित र धेरै खाएमा स्वास्थ्यमा नकारात्मक असर पर्नेतर्फ सचेत रहन चिकित्सकहरुले सुझाव दिएका छन् ।

नेपालीहरुको मुख्य चाड दशैमा मिठो खाने र राम्रो लगाउने चाहना सबैमा हुन्छ । तर, अत्यधिक माछामासु लगायतका खानेकुरा खाँदा स्वास्थ्यमा नकारात्मक असर पर्नसक्नेतर्फ ध्यान दिन आवश्यक छ ।

स्वस्थ व्यक्तिले समेत खानपिनमा ध्यान दिनुपर्ने चाडपर्वको समयमा उच्च कोलस्ट्रोल, उच्च रक्तचाप, युरिक एसिड तथा मुटुसम्बन्धी समस्या भएका मानिसले झनै सावधानी अपनाउनुपर्ने हुन्छ ।

रातो टीका र जमराको पर्व दसैंमा खानपानको उत्तिकै महत्व छ । दसैंमा मुख्यगरी सबैभन्दा बढी प्रयोग हुने खाद्यान्न मासु खाँदा विशेष सतर्कता अपनाउन चिकित्सकहरुले सुझाएका छन् । खानपिनमा हुने गढबढीका कारण स्वस्थ व्यक्तिसमेत उच्च रक्तचाप, मुटुरोग, मधुमेह र पेटका अन्य समस्याको सिकार बन्नुका साथै झाडा वान्ता हुने, कब्जियत हुने, युरिक एसिड बढ्ने तथा ग्यास्ट्राइटिसको समस्या देखा पर्नसक्ने चिकित्सकहरु बताउँछन् ।

दशैंमा एक छाकमा तीन–चार टुक्रामात्र मासु खाने तथा कोक, फेन्टाजस्ता पेय पदार्थभन्दा पानी, हरियो तरकारी र फलफूललाई प्राथमिकता दिन जरुरी छ । अनियन्त्रित खानपानले शरीरमा अतिरिक्त बोसो जम्मा भई विभिन्न समस्या उत्पन्न हुनसक्ने हुँदा बेलैमा ध्यान दिन चिकित्सकहरुको सुझाव छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);