चाडवाडको समयमा खानपानमा ध्यान दिन चिकित्सकको सुझाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

चाडवाडको समयमा खानपानमा ध्यान दिन चिकित्सकको सुझाव

काठमाडौं, १५ असोज । दशैँ भन्नासाथ खानपान र मनोरञ्जन सँगसँगै जोडिने गर्दछ । तर, स्वास्थ्यको ख्याल नै नगरी मासुजन्य तथा चिल्लो पदार्थ बढीभएका परिकार सेवन गर्दा हृदयघात, मस्तिष्कघात जस्ता रोगहरु निम्तिन सक्ने भएकाले खानपिनमा ध्यान पुर्याउन चिकित्सकहरुले सुझाव दिएका छन् ।

दशैँमा माछा, मासु, मदिरा तथा मिठाइको अत्याधिक सेवनले मस्तिष्कघात हृदयघात, मृगौलासम्बन्धि रोग हुन सक्ने भएकाले खानपानमा सावधानी अपनाउन चिकित्सकको सुझाव छ ।

मासुमा चिल्लो र कोलेष्ट्रोलको मात्रा बढी हुने भएकाले मुटु तथा मृगौला रोगीहरुले मासुजन्य र चिल्लो पदार्थ खानै नहुने चिकित्सकहरु बताउँछन् । चिकित्सकहरुले रातो मासु स्वास्थ्यलाई हानिकारक हुन सक्ने भन्दै भरसक नखानु नै उपयुक्त हुने बताएका छन् ।

मासुका परिकार बनाउँदा कम चिल्लो प्रयोग गरेर पकाउनुपर्ने पनि चिकित्सकको सुझाव छ । चाडपर्वमा भरसक सागसब्जी, फलफूल गेडागुडी, लगायत फाइबरयुक्त खानेकुराहरु खाँदा शरीरलाई फाइदापुग्ने स्वास्थ्यकर्मीको भनाई छ ।

चाडबाडको खानपानमा बिरामीले त आफ्नो स्वास्थ्मा ख्याल पुर्याउनु नै पर्छ भने स्वास्थ्य मानिसहरुले पनि चाडबाड भन्दैमा स्वास्थ्यको बिचारै नगरी जथाभावी नखान र आफ्नो स्वास्थ्य परिक्षण नियमित गराउन पनि चिकित्सकरुको सुझाव छ ।

दशैं अगाडि सामान्य स्वास्थ्य परीक्षणका लागि विरामीहरु अस्पताल पुग्ने गरेपनि दशैं सकिए लगत्तै खानपानका कारण हुने उच्च रक्तचाप, हृदयघात, मुटु सम्बन्धि रोगका विरामीहरु बढी संख्यामा उपचारका लागि अस्पताल पुग्ने गरेका छन्।

चाडवाडको समयमा खानपानमा ध्यान दिइ स्वस्थ जीवनशैली अपनाउने तर्फ सबैले ख्याल पुर्याउनु आवश्यक रहेको चिकित्सकको सुझाव छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);