आज सेप्टेम्बर २९ तारिख अर्थात विश्व मुटु दिवस | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आज सेप्टेम्बर २९ तारिख अर्थात विश्व मुटु दिवस

काठमाडौं, १३ असोज । आज सेप्टेम्बर २९ तारिख अर्थात विश्व मुटु दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।

विश्व हृदय महासंघ र विश्व स्वास्थ्य संगठनले सन् १९९९ देखि सेप्टेम्बर २९ तारिखमा यो दिवस मनाउने घोषणा गरेपछि दिवस मनाउन थालिएको हो ।

बदलिदो जीवनशैली र अस्वस्थ्यकर खानपानका कारण विकासशिल राष्ट्रका लागि मुटु रोग चुनौति बन्न थालेको छ । नेपालमा नसर्ने रोगमध्ये जटिल बन्दै गएको मुटुरोग मानिसका क्रियाकलाप, जीवनशैली, खानपान मुटुरोगको प्रमुख कारणको रूपमा देखापरेको छ ।

विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्ममा विश्वभर मुटु रोगबाट ज्यान गुमाउनेको संख्या बर्सेनि साढे २ करोड पुग्ने अनुमान गरेको छ । विश्व मुटु महासंघका अनुसार मुटुको रोगबाट विश्वभर बर्सेनि १ करोड ७५ लाख जनाको ज्यान जाने गरेको छ ।

यस्तै, नेपाल लगायतका विकासोन्मुख देशमा हृदयघात भएर मर्नेको संख्या ३५ प्रतिशतभन्दा बढी पुग्ने अनुमान गरिएको छ । नेपालमा अहिले २५ प्रतिशत अर्थात झण्डै ७५ लाख नागरिक कुनै न कुनै प्रकारका मुटुरोगबाट पीडित रहेका सरकारी तथ्याङक छ ।

मुटु रोगीको संख्या नेपालमा १० वर्षयता ५ गुणाले बढेको डाक्टरहरुले बताउँदै आएका छन् । १० वर्षअघिसम्म ५० वर्ष नाघेपछि मात्र मुटुसम्बन्धी समस्या देखिने गरेकोमा अहिले युवा अवस्थामै मुटु सम्बन्धी समस्या देखिन थालेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);