मुटु रोगबाट बच्नको लागि आहार विहार र जीवन शैलीमा परिर्वतन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

मुटु रोगबाट बच्नको लागि आहार विहार र जीवन शैलीमा परिर्वतन

काठमाडौं, ३१ भदौ । विशेषज्ञहरुले मुटु रोगबाट बच्नको लागि आहार विहार र जीवन शैलीमा परिर्वतन गर्न सुझाव दिएका छन् । विश्व मुटु दिवसको पुर्व सन्ध्यामा नर्भिक अस्पतालले शनिबार गरेको कार्यक्रममा विशेषज्ञहरुले मुटु रोगबाट बच्नको लागि दैनिक आहारमा विचार पुर्याउनुपर्नेमा जोड दिएका हुन् ।

पछिल्लो समय मुटु रोगको उपचार नेपालमै संभव रहेको भएपनि रोगको उपचार समाधान नभएको भन्दै विशेषज्ञहरुले रोग लाग्नै नदिने तर्फ सचेत हुनुपर्नेमा जोड दिएका छन् ।

वरिष्ठ मुटुरोग विशेषज्ञ प्रकाश राज रेग्मी, डाक्टर यादव देव भट्ट, डाक्टर जय प्रकाश जैसवाल, डाक्टर ज्योतेन्द्र शर्मा , डाक्टर अवनि भुषण उपाध्याय लगायतले मुटु रोग बाट बच्चको लागि आहार विहार तथा नियमित व्यायममा विशेष ध्यान दिई जीवन शैलीलाई परिर्वतन गर्नुपर्ने सुझाव दिएका हुन् ।

हृदयरोगका कारण विश्वभर वर्षेनि झण्डै १ करोड ७५ लाख मानिसहरुको ज्यान जाने गरेको अनुमान गरिन्छ । यस रोगको रोकथाम, निवारण एवम् जनचेतनाको अभिवृद्धि गराउने उद्देश्यले विश्व मुटु महासंघको आह््वानमा सेप्टेम्बर २९ तारिखका दिन विश्वभर नै विश्व मुटु दिवस मनाउने गरिन्छ ।

यसबर्ष विश्व मुटु दिवस वडा दशै अन्र्तगत नवमीका दिन परेकाले अस्पताललले त्यस अगावै मुटु दिवस मनाएको हो । विश्व मुटु महासंघले यस वर्षको नारा स्वस्थ जीवनशैलीका अनुभव वाँढौँ भन्ने तय गरेको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);