दन्त चिकित्सकहरुको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

दन्त चिकित्सकहरुको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा

काठमाडौं, २४ चैत । दन्त चिकित्सकहरुको अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा सुरु भएको छ । शनिबार काठमाडौंमा सुरु भएको दाँत रोग विशेषज्ञहरुको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनमा दन्त रोग उपचारमा प्रयोग हुने नयाँ नयाँ प्रविधि र त्यसको उपचार विधिका बारेमा छलफल भएको छ ।

सम्मेलनमा विभिन्न मुलुकका १३ जना दन्त विशेषज्ञहरुले दाँतको इम्प्लान्ट, नक्कली दाँत, दाँत बाँध्ने तथा गिँजाको उपचार तथा रोकथामका बारेका कार्यपत्र प्रस्तुत गरेका छन् ।

दाँतको उपचार पद्धती अलि महंगो हुने भएकाले रोग लाग्नै नदिनका लागि दाँत, गिजा र मुखको सरसफाईमा विशेष जोड दिनुपर्ने आयोजक संस्था एनएसआइडि का अध्यक्ष डाक्टर निल पाण्डेले जानकारी दिए । अन्य देशको तुलनामा नेपालमा दाँतको उपचार सस्तो भए पनि पहिलो प्राथमिकता रोकथामलाई नै दिनुपर्ने उनले बताए ।

सम्मेलनमा नेपाल संगै भारत, मलेसिया, थाइल्याणड, ब्राजिल, साउथ अफ्रिका, जर्मनी, सर्भिया, लगायत मुलुकका दन्त विशेषज्ञहरुको सहभागिता रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);