विभिन्न कार्यक्रम गरी आज विश्व दृष्टि दिवस मनाईदै | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

विभिन्न कार्यक्रम गरी आज विश्व दृष्टि दिवस मनाईदै

काठमाडौं, २२ असोज । आज अक्टोबर आठ तारिख अर्थात विश्व दृष्टि दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी विश्व दृष्टि दिवस मनाईदै छ ।

नेपाल आँखा अस्पताल त्रिपुरेश्वमा पनि विशेष कार्यक्रम गरी विश्व दृष्टि दिवस मनाइएको छ । अस्पतालका मेडिकल निर्देशक डा. कमल खड्काले मानिसहरुलाई आँखाको महत्व र आँखामा के कस्तो रोग कसरी लाग्न सक्छ भन्ने जानकारी गराउने मुख्य उध्येश्य सहित विश्व दृष्टि दिवस मनाइएको बताउनुभयो ।

आँखामा सानो हेलचेक्रयाई गर्दा समेत ठूलो समस्या हुने भएकाले आँखाको सुरक्षाका लागि सबैले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । आँखामा घाउ हुँदा तथा मोतिविन्दु हुँदा मानिसहरु डराउने गरेको पाइएकोले समयमै उपचार गरेमा निको हुने उहाँको भनाई छ । मधुमेह रोग लागेका तथा उमेर बढी भएका मानिसहरुले आँखाको उपचार नियमित रुपमा गर्नुपर्ने डा. खड्काले बताउनुभयो ।

नेत्ररोग विशेषज्ञ डा. किरण शाक्यले मधुमेहका कारण आँखाको रेटिनामा असर पर्ने भएकाले मधुमेहका विरामीले विशेष ख्याल गर्नुपर्ने बताउनुभयो । मधुमेह भएका विरामीमा आँखाको दृष्टि गुम्ने, आँखाबाट रगत बग्नेलगयतका समस्या देखिने गरेको बताउनुभयो । विश्व आँखा दिवसको अवसरमा खासगरी मधुमेहका विरामीलाई आँखाको सुरक्षा कसरी गर्ने भन्ने सम्बन्धमा जानकारी दिन खोजिएको डा. शाक्यले बताउनुभयो ।

विश्वमा प्रत्येक ८ जना आँखाको विरामी मध्ये एक जना मधुमेहका कारण विरामी भएको तथ्याङ्क रहेको र नेपालमा ४ जना मध्ये १ जना मधुमेहको कारण आँखाको समस्या आउने तथ्याङ्क रहेको डा. शाक्यले बताउनुभयो । विश्व दिवसकै अवसरमा नेपालका विभिन्न आँखा अस्पतालहरुमा विशेष कार्यक्रम गरी मनाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);