नेविसंघको कार्यसमिति विघटन, अध्यक्ष महरद्वारा राजीनामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नेविसंघको कार्यसमिति विघटन, अध्यक्ष महरद्वारा राजीनामा

काठमाडौं, २८ माघ । नेपाली कांग्रेसले आफ्नो भ्रातृ संगठन नेविसंघको वर्तमान कार्यसमिति विघटन गरेको छ । सोमबार नेविसंघ अध्यक्ष नैनसिंह महरले दिएको राजीनामा स्वीकृत गर्दै कार्यसमिति विघटन गरेको हो ।

सोमबारको केन्द्रीय समिति बैठकमा नेविसंघको विषय एजेण्डामा रहेपनि अध्यक्षको राजीनामा पछि यस विषयमा बहस हुन पाएन । कांग्रेसले अर्को कार्यसमितिका विषयमा भने निर्णय गरिसकेको छैन ।

कांग्रेसको निर्णय अघि नेविसंघ अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिएका थिए । अध्यक्ष महरले आफ्नो कार्यकालमा थपिएको पछिल्लो समयावधि पनि सकिएको तथा महाधिवेशन गर्न सहयोग गर्नुको साटो पार्टीका नेताले खिचातानी गरेको कारण देखाउँदै राजिनामा दिएको बताए ।

गत भदौ दुई गते महर नेतृत्वको नेविसंघको कार्यकाल सकिएको थियो । त्यसपछि विधानको बैकल्पिक व्यवस्थाबाट पार्टीले तीन महिना कार्यकाल थपेपनि महाधिवेशन नभएपछि कात्तिक अन्तिममा विधान नै संशोधन गरि पाँच महिना बनाएर थप दुइ महिना महाधिवेशनका लागि दिइएको थियो ।

उनले राजीनामा दिने क्रममा स्ववियू निर्वाचनमा संघलाई पहिलो स्थानमा पु-याएको, राष्ट्रियता सम्बन्धि आन्दोलनलाई नेतृत्व दिएको भन्दै आफ्नो कार्यकाल उवलब्धीपूर्ण भएको दावी गरेका छन् ।

कांग्रेस भित्र नेविसंघको वर्तमान कार्यसमितिलाई विधान विपरित महाधिवेशनका लागि सुझाव दिने वा विघटन गरेर नयाँ कार्यसमिति तयगर्ने विषयमा पनि विवाद छ । सोही विवादका कारण संघको १२ औं महाधिवेशन अझै पनि अन्यौलमा रहेको छ । अध्यक्ष महरमाथि सो महाधिवेशन समयमै सम्पन्न नगरेको आरोप लाग्दै आएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);