प्रदेश ३ लाई भ्रष्टाचारमुक्त बनाउने मुख्यमन्त्री पौडेलको घोषणा | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

प्रदेश ३ लाई भ्रष्टाचारमुक्त बनाउने मुख्यमन्त्री पौडेलको घोषणा

हेटौंडा, २८ माघ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश ३ लाई भ्रष्टाचारमुक्त बनाउने घोषणा गरेका छन् । मुख्यमन्त्री पौडेलले प्रदेश ३ लाई भ्रष्टाचारमुक्त बनाउने प्रदेश सरकारले संकल्प लिएको उल्लेख गर्दै त्यसमा साथ दिन पनि सबैलाई आह्वान गरे ।

सोमबार हेटौंडामा आयोजित एक कार्यक्रममा बोल्दै उनले भ्रष्टाचार नियन्त्रणको अभियानलाई अझ सशक्त बनाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि आग्रह गरे । भ्रष्टाचारको जालो समाजको सबै क्षेत्रमा फैलिएको उल्लेख गर्दै मुख्यमन्त्री पौडेलले त्यसको नियन्त्रणका लागि हरेकले आफैबाट अभियान थाल्नुपर्ने आवश्यक्तामा जोड दिए ।

मुख्यमन्त्री पौडेलले तोकिएको समयसम्म काम नगर्ने काम पनि भ्रष्टाचार भएको उल्लेख गर्दै त्यसको निगरानी गरेर अघि बढ्ने योजना पनि अघि सारेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);