प्रदेश ५ लाई नमुना प्रदेश बनाउने मुख्यमन्त्री पोखरेलको घोषणा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

प्रदेश ५ लाई नमुना प्रदेश बनाउने मुख्यमन्त्री पोखरेलको घोषणा

shankhar pokhrel

नवलपरासी, १८ चैत । प्रदेश नम्बर ५ लाई नमुना प्रदेश बनाउने त्यहाँका मुख्यमन्त्री शंकर पोखरेलले घोषणा गरेका छन् । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको दोस्रो नगरसभालाई सम्बोधन गर्दै उनले प्रदेश सरकारको अभियानमा सघाउन स्थानीय तहहरुलाई आह्वान पनि गरे ।

प्रदेश ५ मा पर्यटनको ठूलो सम्भावना रहेको भन्दै मुख्यमन्त्री पोखरेलले पर्यटन क्षेत्रको विकासमा सरकारले विशेष जोड दिने बताए । कार्यक्रममा बर्दघाट नगरप्रमुख धिरज शर्मा बस्यालले नगरपालिकाले अघि सारेका दीर्घकालीन विकासका योजनाहरु प्रस्तुत गरे ।

उनले दाउन्ने राजमार्गको वैकल्पिक राजमार्ग, पञ्चनगरदेखि दाउन्नेसम्मको आकास मार्ग, बर्दघाटदेखि प्रतापुरसम्मको त्रिवेणी सडकलाई फोरलेण्ड गर्ने, नगरको फोहर व्यवस्थापन गर्ने लगायतका योजनाका बारेमा कार्यपालिका सदस्यलाई जानकारी गराउनुका साथै प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई योजना हस्तान्तरण पनि गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);