प्रदेश ३ मा भ्रष्टाचार हुन नदिने मुख्यमन्त्री पौडेलको प्रतिवद्धता | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

प्रदेश ३ मा भ्रष्टाचार हुन नदिने मुख्यमन्त्री पौडेलको प्रतिवद्धता

dormani poudel

ललितपुर, २० कात्तिक । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो प्रदेशमा भ्रष्टाचार हुन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् । प्रदेश ३ को आवधिक योजना आधार पत्र तर्जुमा सम्बन्धि मंगलबार ललितपुरमा आयोजित गोष्टीमा पौडेलले भ्रष्ट्राचार नियन्त्रणका लागि सून्य सहनशीलताको नीति लिएको बताए ।

मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले पूर्वाधार विकासको कामलाई उच्च प्राथमिकता दिएको भन्दै विकास, निर्माणको कामलाई अघि बढाउन आवश्यक योजना तय गर्न लागिएको जानकारी दिए । उनले प्रदेश ३ मा महिला, बालबालिकामाथि बलात्कार, हत्या, हिंसा हुन नदिन कठोर नीति लिइने उल्लेख गरे ।

कार्यक्रममा प्रदेश –३ का नीति तथा योजना आयोगका सदस्य श्याम बस्नेतले प्रदेश ३ को समृद्धिका लागि आवश्यक योजना तय गर्न लागिएको जानकारी दिएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);