बलात्कारका घटना नबढेको परराष्ट्रमन्त्रीको दाबी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

बलात्कारका घटना नबढेको परराष्ट्रमन्त्रीको दाबी

pradeep gyawali

काठमाडौं, २० कात्तिक । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले बलात्कारको घटना नबढेको दावी गरेका छन् । दशैं, तिहार, नेपाल संवत, छठ लगायतका चाडपर्वको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा परारष्ट्रमन्त्री ज्ञवालीले समाज शिक्षीत र चेतनशील भएकाले बलात्कारको घटना बाहिर अएको आउन थालेका तर यसमा बृद्धि भने नभएको दावी गरे ।

मन्त्री ज्ञवालीले निर्मला पन्तको हत्यारालाई कारवाहीको दायरामा ल्याउन सरकार कटिवद्ध भएको भन्दै विगतमा भएका कमीकमजोरीलाई सच्चयाउदै अघि बढने बताएका छन् ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले मुलुकलाई समृद्ध बनाउन सबैलाई आ–आफ्नो ठाउँबाट सक्दो योगदान दिन आह्वान गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);