तीन हप्ता भित्रमा ओलीको नेतृत्वमा नयाँ सरकार : ज्ञवाली | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

तीन हप्ता भित्रमा ओलीको नेतृत्वमा नयाँ सरकार : ज्ञवाली

काठमाडौं, ८ पुस । एमाले सचिव प्रदिप ज्ञवालीले तीन हप्ता भित्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बन्ने दावी गरेका छन् ।

सचिव ज्ञवालीले २ दिन भित्र प्रतिनिधिसभा समानुपातिक तर्फको मत परिणाम घोषणा हुने बताए । समानुपातिकको परिणाम घोषणा हुने वित्तिकै सरकार गठन प्रक्रिया अघि बढने उनले स्पष्ट पारे ।

शनिबार काठमाडाैँमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले सरकार गठनको विषयलाई राष्ट्रिय सभाको निर्वाचनसँग जोडेर अनावश्यक भ्रम सृजना गर्न खोजिएको आरोप लगाए ।

सचिव ज्ञवालीले सरकार गठनसँगै माओवादी केन्द्रसँगको पार्टी एकता प्रक्रिया अघि बढ्ने स्पष्ट पारे । पार्टी एकता गर्दा दुवै पार्टीको योगदानको उच्च सम्मान गर्दै अघि बढिने उनको धारणा थियो ।

उनले दुई पार्टीबीच एकता हुँदा नेताहरुले आफ्नो क्षमता र योगदान अनुसारको जिम्मेवारी पाउने उल्लेख गरे । सचिव ज्ञवालीले दुवै पार्टीबीच ओलीलाई सरकारको नेतृत्व दिने विषयमा कुनै विवाद नरहेको दावी गरे ।

सचिव ज्ञवालीले नयाँ सरकारको सम्पूर्ण ध्यान आर्थिक समृद्धिमा केन्द्रित हुने स्पष्ट पारे । उनले मुलुकमा राजनीतिक स्थिरता कायम गरी आर्थिक समृद्धिको दिशामा अघि बढ्ने बताए ।

चुनावी घोषणापत्र कार्यान्वयनमा नयाँ सरकारको सम्पूर्ण ध्यान केन्द्रित हुनेमा उनले जोड दिए । सचिव ज्ञवालीले नयाँ सरकारले १० वर्ष भित्र मुलुकलार्इं समृद्ध बनाउने लक्ष्यका साथ काम गर्ने योजना अघि सारे । सचिव ज्ञवालीले अव मुलुक आर्थिक समृद्धिको दिशामा अघि बढिसकेको उद्घोष गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);