फागुन ६ मा नयाँ सरकार : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

फागुन ६ मा नयाँ सरकार : प्रचण्ड

छिटोमा फागुन २ गते नभए, ६ गतेभित्रै नयाँ सरकार बन्छ

Prachanda

काठमाडौं, २७ माघ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी फागुन ६ मा नयाँ सरकार गठन हुने बताएका छन्।

‘छिटोमा फागुन २ गते नभए, ६ गतेभित्रै नयाँ सरकार बन्छ,’ शुक्रबार भरतपुर विमानस्थलमा उनले भने, ‘फागुन ५ भित्र निर्वाचन आयोगले प्रतिनिधिसभाकोसबै परिणाम बुझाइसकेपछि ६ गते नयाँ सरकार बन्ने सम्भावना छ।’

यो विषयमा राष्ट्रपतिसँग भेटघाट र कुराकानी भइसकेको उनले खुलाए। अध्यक्ष दाहालले पार्टीएकता भनेको गठबन्धन गरेको जस्तो सहज नभएको बताए। ‘केही ढिला भएको हो,’ उनले भने,‘तर ढिलो, चाँडो एकता हुन्छ, पार्टी एकताको मोडालिटी अन्तिम रूपमा पुगेको छ।’

दुवै पार्टीबीच वार्ता सकारात्मक भएको उनले स्पष्ट पारे। पार्टी एकता संयोजक समिति बैठकबाटचाँडोभन्दा चाँडो एकताको विषय टुंगिने उनले बताए। ‘मेरो प्रयास सरकार गठनभन्दा अघिएकता होस् भन्नेमा हो,’ उनले भने, ‘एमाले अध्यक्ष केपी ओलीको पनि त्यसैमा जोड छ, हामीदुई अध्यक्षको जोड सकेसम्म पार्टी एकता चाँडै टुंग्याउनेभन्ने नै हो।’

प्रतिनिधिसभा निर्वाचनमा चितवनबाट विजयी भएपछि उनी नियमित गृहजिल्ला आउने गरेकाछन्। उनले पदको बाँडफाँटले एकता ढिला भएको हल्ला गलत भएको बताए। ‘हामीले विचार,राजनीतिक लाइन र संगठनात्मक सेटिङलाई कसरी मिलाउने भन्ने बारेमा छलफल गरिरहेकाछौं,’ उनले भने,‘पदको समस्याले एकता ढिला भएको होइन, केपीजीले पनि सबै पदपाइसक्नुभएको छ, मैले पनि सबै पद पाइसकेको छु। पदकै लागि हो कि भन्ने भ्रम परेको होलातर त्यो बिलकुल होइन।’

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);