राष्ट्रपति र उपराष्ट्रपति दोहोरिन सक्छन : ज्ञवाली | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

राष्ट्रपति र उपराष्ट्रपति दोहोरिन सक्छन : ज्ञवाली

pradeep gyawali

काठमाडौं,८ फागुन । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले वर्तमान राष्ट्रपति र उपराष्ट्रपति दोहोरिन सक्ने बताएका छन् । एमाले वरिष्ठ नेता झलनाथ खनाल र माओवादी नेता अमिक शेरचनले राष्ट्रपति बन्न इच्छा देखाइरहेका बेला एमाले सचिव ज्ञवालीले अहिलेकै राष्ट्रपति र उपराष्ट्रपतिले निरन्तरता पाउन सक्ने बताएका हुन् ।

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले पनि दोहोरिने इच्छ व्यक्त गर्दै आएका छन् । मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा सचिव ज्ञवालीले अहिलेसम्म पार्टीले राष्ट्रपतिको उम्मेदवार नबनाएकाले नयाँ राष्ट्रपतिमा भण्डारीले नै निरन्तरता पाउने सम्भावना रहेको बताएका  छन् ।

सरकार गठनको प्रशंगमा उनले बुधबार नै मन्त्रीमण्डलले पूर्णता पाउने दाबी गरे । सचिव ज्ञवालीले चैत पहिलो हप्ता भित्र माओवादी केन्द्रसँग पार्टी एकीकरणको औपचारिक घोषणा हुने समेत बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);