प्रदेश ३ को सरकारले कृषि योग्य जमिनमा घर बनाउन नदिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

प्रदेश ३ को सरकारले कृषि योग्य जमिनमा घर बनाउन नदिने

dormani paudel

काठमाडौं, ३० फागुन । प्रदेश ३ को सरकारले कृषि योग्य जमिनमा घर बनाउन नदिने भएको छ ।  प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले कृषि योग्य जमिनमा घर बनाउने नदिने कानुनी व्यवस्था गर्ने घोषणा गरेका छन् ।

उनले भू-उपयोग नीतिलाई कडाईका साथ पालना गर्न मातहतका निकायलाई कडा निर्देशन दिएका छन् । बुधबारबाट ललितपुरको पाटनमा सुरु भएको ‘अन्तर्राष्ट्रिय ललित व्यापार मेला’ को उदघाटन गर्दै मुख्यमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

मुख्यमन्त्री पौडेलले भू उपभोग नीतिमार्फत् कृषि योग्य जमिन मास्न नदिन आफू लागि पर्ने प्रतिवद्धता व्यक्त गरे । उनले उत्पादन योग्य जमिन मासिएकै कारण नेपालमा अनाजमा समेत परनिर्भरता झनै बढेर गएको स्मरण गराए । ४ दिनसम्म चल्ने मेलामा विभिन्न देशका औद्योगिक उत्पादनको प्रर्दशनी राखिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);