आगामी जेठ भित्र प्रदेश १ को राजधानीको टुंगो लाग्छ : मुख्यमन्त्री राई | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

आगामी जेठ भित्र प्रदेश १ को राजधानीको टुंगो लाग्छ : मुख्यमन्त्री राई

काठमाडौं, २६ फागुन । आगामी जेष्ठ महिला भित्र प्रदेश १ को राजधानीको टुंगो लाग्ने भएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आगामी जेष्ठ भित्र प्रदेशको राजधानी टुंगो लगाउने बताएका हुन् । उनले राजधानी तय गर्दा कसैको पनि दबाबमा नपरी निर्णय लिने स्पष्ट पारे ।

शनिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले प्रदेशको राजधानी तोक्ने काम प्रदेश सभाको २ तिहाई बहुमतले गर्ने संवैधानिक व्यवस्थाबारे पनि स्मरण गराए ।

मुख्यमन्त्री राईले प्रदेश नम्बर १ लाई नमूना प्रदेश बनाउने गरी गुरु योजना बनाउन लागिएको उल्लेख गरे । उनले सुशासन र समृद्धिलाई आफू नेतृत्वको प्रदेश सरकारले उच्च प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);