प्रधानमन्त्री ओलीले आईतबार विश्वासको मत लिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

प्रधानमन्त्री ओलीले आईतबार विश्वासको मत लिने

काठमाडौं, २६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आईतबार विश्वासको मत लिने भएका छन् ।  प्रतिनिधिसभाका जेष्ठ सदस्य महन्थ ठाकुरले आईतबार अपरान्ह ३ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने कार्यसूचिबारे जानकारी गराएका छन् ।

प्रतिनिधिसभाको शनिवार बसेको बैठकमा बोल्दै उनले संविधानको धारा ७६ को उपधारा ४ बमोजिम आईतबार अपरान्ह बोलाइएको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने व्यवस्था गरिएको जानकारी गराए ।

संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्रीमा नियुक्त भएको ३० दिन भित्र प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्नेछ । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको हैसियतमा ओलीलाई माओवादी केन्द्रको समर्थनमा राष्ट्रपति विद्या भण्डारीले गत फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);