प्रतिनिधिसभाको सभामुखमा कृष्ण बहादुर महरा निर्वाचित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

काठमाडौं, २६ फागुन । नेकपा माओवादीका नेता कृष्णबहादुर महरा प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन् । प्रतिनिधिसभाको शनिबार बसेको बैठकले माओवादी केन्द्रका नेता महरालाई सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो ।

बैठकमा प्रतिनिधिसभाका जेष्ठ सदस्य महन्थ ठाकुरले एक जनाको मात्रै उम्मेदवारी परेकाले महरा निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।

उनलाई सभामुखमा निर्वाचित गरियोस भन्ने प्रस्ताव एमालेका नेता एवम् पूर्वसभामुख सुभाष नेम्वाङले गरेका थिए भने माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ र प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले समर्थन गरेका थिए ।

उपप्रधानसहित बिभिन्न मन्त्रालयको जिम्मेवारी लिईसकेका महरा प्रतिनिधिसभामा दाङ क्षेत्र नम्बर २ बाट भारी मतले विजयी भएका सांसद हुन्

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);