प्रदेश नम्बर १ को सभामुखमा एमालेका भण्डारी निर्विरोध निर्वाचित | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८३, आइतबार

प्रदेश नम्बर १ को सभामुखमा एमालेका भण्डारी निर्विरोध निर्वाचित

काठमाडाैं, २९ माघ । प्रदेश नम्बर १ को सभामुखमा एमालेका प्रदिप भण्डारी निर्विरोध निर्वाचित भएका छन् । सोमबार बसेको प्रदेशसभा बैठकले भण्डारीलाई सभामुखमा निर्विरोध निर्वाचित गरेको हो ।

बैठकको सुरुमै सांसद तुलसीप्रसाद न्यौपानेले भण्डारीलाई सभामुखमा चयन गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए भने अर्का सांसद लक्ष्मण तिवारीले सो प्रस्तावमा समर्थन गरेका थिए ।

सभामुखमा एक जनाको मात्रै नाम प्रस्ताव भएपछि जेष्ठ सदस्य ओम सरावगीले भण्डारीलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेका छन् ।

धरानका भण्डारी सुनसरी क्षेत्र नम्बर १ को (क) बाट प्रदेशसभामा निर्वाचत सांसद हुन् । शिक्षण पेशाबाट सेवानिवृत्त भएका उनी २०२७ सालदेखि बामपन्थी राजनीतिमा सक्रीय छन् ।