एमालेकी सांसद शिवमाया प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

एमालेकी सांसद शिवमाया प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित

काठमाडौं, २ चैत । नेकपा एमालेकी सांसद शिवमाया तुम्बाहाम्फे प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित भएकी छन् ।  प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकले तुम्बाहाम्फेलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो ।

२ सय १ मत प्राप्त गरी उनी निर्वाचित भएकी हुन् । उनको पक्षमा स्पष्ट बहुमत आएकाले तुम्बाहाम्फे उपसभामुखमा निर्वाचित भएको सभामुख कृष्णबहादुर महराले घोषणा गरेका छन् ।

कूल २ सय ५९ जना सदस्य मध्ये प्रस्तावको पक्षमा २ सय १ र विपक्षमा ५८ मत परेको थियो । यता, काँग्रेसकी उम्मेदवार पुष्पा भुसाल गौतमलाई उपसभामुखमा निर्वाचित गरियोस भन्ने प्रस्तावको पक्षमा जम्मा ६१ मत परेको थियो ।

एमालेकी सांसद तुम्बाहाम्फे सत्तारुढ बामगठबन्धनको तर्फबाट उपसभामुखमा निर्वाचित भएकी हुन् । यस अघि सभामुखमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा निर्विरोध निर्वाचित भइसकेका छन् ।

प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले विपक्षको स्वभाविक दावी हुने तर्क गर्दै उपसभामुखमा भुसाललाई उम्मेदवार बनाएको थियो । नवनिर्वाचित उपसभामुख तुम्बाहाम्फेलाई सभामुख महराले बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका छन् । प्रतिनिधिसभाको अर्को बैठक चैत्र १२ गते सोमबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);