उपसभामुखमा डा. तुम्वाहाङफे | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

उपसभामुखमा डा. तुम्वाहाङफे

काठमाडौं, ३ चैत । डा. शिवमाया तुम्वाहाङफे संघीय संसद्को उपसभामुखमा निर्वाचित भएकी छन् । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा भएको निर्वाचनमा उनको पक्षमा २०१ मत परेको थियो । उनको विपक्षमा भने ५८ मत मात्र पर्‍यो । मतदानमा २५९ सहभागी भएका थिए । उपसभामुखका लागि नेकपा एमालेबाट डा. तुम्वाहाङफे र नेपाली कांग्रेसबाट पुष्पा भुसालको उम्मेदवारी परेको थियो । भुसालको पक्षमा भने ६१ मात्रै मत परेको थियो । उनको विपक्षमा २०१ मत परेको थियो । मतदानमा २६२ उपस्थित भएका थिए ।

नवनिर्वाचित उपसभामुख डा. शिवमाया तुम्वाहाङफेलाई बधाई तथा शुभकामना दिँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल । तस्बिर : रासस
तुम्वाहाङफेको प्रस्तावकमा माओवादीका देवप्रसाद गुरुङ र समर्थकमा एमालेका रवीन्द्र अधिकारी थिए । सभामुख माओवादी र उपसभामुख एमालेले पाउने गरी वाम गठबन्धनबीच यसअघि नै सहमति भएअनुसार तुम्वाहाङफेलाई एमालेले उम्मेदवार बनाएको हो । उपसभामुख भएकी तुम्वाहाङफेलाई सरकारमा रहेका एमाले, माओवादी र सरकारमा सामेल हुन छलफलमा रहेको राजपा र संघीय फोरमले मतदान गरेका थिए ।

संविधानको धारा ९१ मा प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नुपर्ने व्यवस्थाअनुसार शुक्रबार उपसभामुखको निर्वाचन भएको हो । प्रतिनिधिसभाको पहिलो बैठक गत २१ फागुनमा बसेको थियो । १५ दिनभित्र चयन गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि १० दिनभित्रै सभामुख र उपसभामुख निर्वाचन सम्पन्न भएको छ ।

प्रतिनिधिसभाको आगामी बैठक १२ चैतमा बस्नेछ । २०३६ सालको विद्यार्थी आन्दोलनदेखि तत्कालीन नेकपा मालेमा आबद्ध अनेरास्ववियुबाट राजनीति थालेकी तुम्वाहाङफे त्यो बेलाकी चर्चित क्रान्तिकारी नेतृ हुन् । उनी विभिन्न कमिटी हुँदै रामनाथ ढकाल अध्यक्ष भएको बेला अनेरास्ववियुको केन्द्रीय उपाध्यक्ष थिइन् ।

योगेश भट्टराई अनेरास्ववियुको अध्यक्ष भएपछि विद्यार्थी राजनीतिबाट बिदा लिएकी तुम्बाहम्फे त्यसपछि सामाजिक काममा लागिन् । उनको जन्मथलो तेह्रथुम र अध्ययन तथा राजनीति झापाबाट सुरु भए पनि कर्मथलो मोरङ हो । मोरङमा उनले राजनीति र समाजसेवासँगै अघि बढाउँदा उनका श्रीमान् घनेन्द्र जिमी नेकपा एमालेबाट निर्वाचित उर्लाबारी गाविसका अध्यक्ष थिए । हाल जिमीको निधन भइसकेको छ । उनी यसबीचमा अध्ययनमा लागेकाले पार्टीको कार्यकारी भूमिकामा थिइनन् ।

नवौं महाधिवेशनबाट एमाले केन्द्रीय सदस्यमा निर्वाचित तुम्बाहाम्फे अहिले मोरङ जिल्ला इन्चार्ज छिन् । उनी समानुपातिकबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी हुन् । पार्टीभित्र उनी केपी ओली समूहबाट कहिल्यै बाहिर रहिनन् । उनी राष्ट्रपति विद्यादेवी भण्डारीको प्रियपात्र मानिन्छिन् । उनले नेपालको महिला आन्दोलनका विषयमा विद्यावारिधि गरेकी छन् ।

यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);