मुख्यमन्त्री राईद्वारा प्रदेश १ को प्रगति विवरण सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

मुख्यमन्त्री राईद्वारा प्रदेश १ को प्रगति विवरण सार्वजनिक

sherdhan rai

बिराटनगर, २ फागुन । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले एक वर्षमा गरेको कामको प्रगति विवरण सार्वजनिक गरेका छन् ।  विराटनगरस्थित आफनै कार्यकक्षमा सञ्चारकर्मीहरु बीच प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले ३० बुंदे प्रगति विवरण सार्वजनिक गरेका हुन् ।

२०७४ को फागुन ३ गते प्रदेश १ का मुख्य मन्त्री राईको नेतृत्वमा ५ सदसीय मन्त्री मण्डल गठन भएको थियो । संघिय सरकारलाई प्रदेश सरकारले गरेको कामबाट नै मजबुत बनाउने हँुदा आफुहरुले जनताको पहुंच हुने गरी काम गरिरहेको मुख्य मन्त्री राईले बताए ।

प्रदेश १ सरकारले आफ्नो प्रगति विवरणमा सबै जिल्लाको एक सय ३७ वटै पालिकामा खेलकुद मैदान बनिरहेको, १४ वटै जिल्लामा जिल्ला अस्पताललाई स्तरोन्नती गरिएको, केही गाँउपालिकालाई कृषक राहत प्याकेज उपलब्ध गराएको, १० लाख घरधुरीमा जनतालाई सुरुक्षाको अनुभुति हुने खालको फोन नम्बर सहितको स्टीकर टांसिएको लगायतका विषय उल्लेख गरेको छ ।

सरकारको प्रगति विवरण सार्वजनिक गर्ने क्रममा मुख्यमन्त्री राईले अबको हिँउदे अधिबेशनबाट प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाउने प्रतिवद्वता पनि व्यक्त गरे । उनले प्रदेशमा भ्रष्टाचार हुन नदिने भएमा तत्काल कारबाही गर्ने चेतावनी समेत दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);