करोड खर्चेर खरिद गरेको बस प्रदेश सरकारले यो महिना देखि संचालनमा ल्याउने | ईमाउण्टेन समाचार

Our Network

चैत २२ २०८०, बिहीबार

करोड खर्चेर खरिद गरेको बस प्रदेश सरकारले यो महिना देखि संचालनमा ल्याउने

जनकपुरधाम, १ फागुन । प्रदेश नं. २ को सरकारले प्रदेशका विभिन्न शहरमा बस संचालन गर्न विगतमा बनाइएको नीति अनुसार ५वटा बस खरिद गरी यो महिना देखि संचालनमा ल्याउने भएको छ । ३ करोड ९ लाख ८२ हजारमा ५ वटा बस पुस महिनामा खरिद गरी बस संचालन गर्न प्रक्रिया थालिएको प्रदेश नं. २ का भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले जानकारी दिनुभयो ।

बस संचालन कार्यबिधि बनाएर उक्त बस संचालनका लागि काम अगाडी बढाइएको उहाँले बताउनु भयो । बस संचालन गर्न सेड बनाउने, ग्यारेज बनाउने, कार्यालय संचालन गर्न कार्यबिधीमा व्यवस्था गरी मन्त्रालयले सहयोग गरी प्रदेशको ८ वटै जिल्लामा पाँच वटा बस संचालन गर्न लागेको मन्त्री सोनलले बताउनु भयो ।

उक्त संचालन गरी अहिले निजी स्तरमा संचालनमा रहेको बसको तुलनामा कम भाडामा बढी सुबिधा दिने गरी बस संचालन गर्न लागेको बताउनु भयो । शनिबार पत्रकार सम्मेलनमा मन्त्री सोनलले बस संचालनका साथै गएको आर्थिक वर्षमा प्रदेश भरि भएको भौतिक पुर्वाधार विकासको सम्बनधमा भएको कामको बारेमा जानकारी गराउनु भयो ।

सो अवसरमा आर्थिक वर्ष २०७६– ७७ को वार्षिक प्रगति पुस्तक विमोचज गरी मन्त्री सोनलले प्रदेश भरि ३७० किलोमिटर सडक निर्माण भएको,५४२० हेक्टर जमिन सिँचित भएको,९ वटा दलित छात्राबास निर्माण अन्तिम चरणमा, ८ वटा ज्येष्ठ नागरिक आवास निर्माण गरेको,२० वटा नयाँ खानेपानी योजनाको सुरुवात लगायतका काम गरेको बताउनु भयो ।

दुई वर्ष देखि सो मन्त्रालयले वार्षिक प्रगति विवरण सार्वजनिक गर्दे आएको छ । उक्त पत्रकार सम्मेलनमा भौतिक पुर्वाधार विकास राज्य मन्त्री डिम्पल झा, सचिव रामआधार साह लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);