काठमाडौंमा विद्युतीय बस सञ्चालन, अन्य बसमा भन्दा २० प्रतिशत भाडा सस्ताे | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

काठमाडौंमा विद्युतीय बस सञ्चालन, अन्य बसमा भन्दा २० प्रतिशत भाडा सस्ताे

काठमाडौं, २३ भदाै । काठमाडौंमा दुई वटा विद्युतीय बस सेवा संचालनमा आएको छ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सोमबार काठमाडौंको प्रर्दशनीमार्गस्थित नेपाल पुलिस क्लव कार्यालय परिसरबाट सो सेवाको शुभारम्भ गर्नु भएको हो ।

सुन्दर यातायात प्रालिले चीनबाट नेपालका पहिलो पटक भित्र्याएको सो विद्युतीय बस काठमाडौंको चक्रपथमा संचालन हुने रुट परमिट लिइएको छ । एयरपोर्टलाई गन्तव्य बनाएर आन्तरिक र पहिले ट्रली बस संचालन भएको भक्तपुरको सूर्यविनायकसम्म पनि सो बस संचालनमा ल्याउनका लागि सरकारसँग रुट परमिटको लागि निवेदन दिइएको सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिनु भयो ।

सो बसको भाडा अन्य सवारी साधनको भन्दा २० प्रतिशत कम निर्धारण गरिएको छ । अध्यक्ष थापाले सरकारले सार्वजनिक यातायातलाई तोकेको भाडामा भन्दा २० प्रतिशत कम हुने गरी विद्युतीय बसको भाडादर तोकिएको पनि बताउनु भयो । काठमाडौंमा हुने वायू र ध्वानी दुवै प्रदुषणलाई कम गर्ने उद्देश्यका साथ सो यातायात सेवा पनि संचालनमा ल्याइएको हो ।

सुन्दर यातायातले थप ११ वटा सो बस चीनबाट झिकाउने योजना पनि बनाएको छ । अध्यक्ष थापाले प्रदेश ५ को राजधानी बुटवल र प्रदेश १ को विराटनगरमा पनि सो बस संचालनका लागि समझदारी गरिएको पनि बताउनु भयो ।

काठमाडौंमा केही दिन भित्र थप २ वटा बस पनि संचालनमा ल्याउने तयारी गरिएको छ । चीनको विके कम्पनीबाट झिकाइएको सो विद्युतीय बस ब्याट्रीमार्फत् चार्ज हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);