चिनियाँ विदेशमन्त्री र नेपाली विदेशमन्त्रीबीच भेटवार्ता, यस्तो भयो समझदारी | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

चिनियाँ विदेशमन्त्री र नेपाली विदेशमन्त्रीबीच भेटवार्ता, यस्तो भयो समझदारी

काठमाडौं, २३ भदौ । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री र नेपाली समकक्षी प्रदिप ज्ञवालीको टोलीबिच औपचारीक भेटवार्ता भएको छ ।

दुवै देशका परराष्ट्रमन्त्री नेतृत्वको टोलीबीच सोमवार उच्च स्तरीय औपचारीक वार्ता भएको हो । औपचारिक छलफलका क्रममा चिन सरकारले मनाङमा अस्पताल बनाउने, आपतकालीन राहतका लागि ५ हजार थान टेन्ट उपलब्ध गराउने, चिनियाँ स्यमंसेवक शिक्षकहरुले नेपालमा सहयोग गर्ने सहमति भएको छ ।

चिनियाँ विदेशमन्त्री वाङ यी र नेपाली सकमक्षी प्रदीप ज्ञवालीको उपस्थितिमा नेपाल र चिनिया प्रतिनिधी बिच सहमति पत्रमा हस्ताक्षर भएको हो ।

वार्तामा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा, नेपालका तर्फबाट चिनियाँ राजदुत लिलामणी पौडेल, शिक्षा सचिव, परराष्ट्र सचिव लगायतको टोली संलग्न रहेको थियो ।

चिनियाँ बिदेशमन्त्री वाङ यी ले शोमवार राष्ट्र पति बिद्या देवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली सँग पनि शिष्टाचार भेट गर्नु भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);