'समाजवादी एकताको अस्त्र' बाट आकार बढाउँदै प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

‘समाजवादी एकताको अस्त्र’ बाट आकार बढाउँदै प्रचण्ड

काठमाडौं, २३ पौष । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चितवनमा चुनाव लड्न डराएर गोरखा २ उक्लिएको छर्लङ्ग भइसकेको छ । तर, उनै प्रचण्ड गोरखाबाट चुनाव जितेर ३२ सिटे दलको बलमा देशको प्रधानमन्त्री बन्न सके । यसलाई प्रचण्डको रणनीतिक सफलता मान्न सकिन्छ ।

प्रचण्ड २६ पौषमा विश्वासको मत लिने तरखरमा छन् । सम्भवतः उनले विश्वासको मत लिनसक्ने देखिइसकेको छ । योसँगै उनको ध्यान शक्ति सञ्चयमा देखिनथालिसकेको छ ।

प्रचण्डले पहिलो चरणमा बामपन्थी एकताको तयारी गरेका छन् । यसका लागि माओवादीभित्र कमिटी नै बनाइसकेका छन् । समाजवादी केन्द्र बनाउने प्रचण्डको योजना छँदैछ । यो रणनीतिका साथ सुरुमा डा. बाबुराम भट्टराईसँग एकता गर्ने र त्यसपछि माधव नेपाल नेतृत्वको नेकपा एस र उपेन्द्र यादव नेतृत्वको जसपालाई मिलाउने प्रचण्डको रणनीति देखिन्छ ।

एस र जसपालाई मिलाउन सकेमा प्रचण्डले ५४ सिट हुनपुग्छ । प्रतिनिधि सभामा जसपाको १२ र नेकपा एसको १० सिट छ । दुवै दललाई एकता जोगाउन कठिन पर्ने देखिन्छ । यसको फाइदा प्रचण्डले लिन सक्छन् ।

प्रचण्डले विस्तारै नेकपा एमालेमा पनि आफ्नो प्रभाव बढाउने रणनीति बनाएका छन् । कमजोर हुँदै गएको माओवादीलाई पुनः शक्ति प्रदान गर्न प्रचण्डले सत्तालाई भरपूर उपयोग गर्न सक्छन् ।

यसै पनि अहिलेको राजनीतिक प्रणाली प्रचण्डकै कारण आएको हो । गणतन्त्र, संघीयता र धर्मनीरपेक्षताका अलावा मिश्रित निर्वाचन प्रणाली प्रचण्डकै अडान हो । यसकारण पनि आफ्नो नीति अनुसार देशको राजनीतिक प्रणाली चलिरहेकाले सत्ताको नेतृत्व पनि आफैले गर्नुपर्ने बुझाई प्रचण्डको देखिन्छ ।

प्रचण्डमा रणनीतिक चार्तुयता पनि देखिन्छ । उनले विगतमा केपी शर्मा ओलीको सत्ता ढाले । पछिल्लो समय शेरबहादुर देउवाले पुनः प्रधानमन्त्री हुने रणनीति बुनेपछि एकाएक गठबन्धन छाडेर एमालेसँग मिल्न पुगे । जसरी हुन्छ प्रचण्डले रणनीतिक फाइदा लिन सकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);