अब सातै प्रदेशबाट श्रम स्वीकृति लिन सकिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

अब सातै प्रदेशबाट श्रम स्वीकृति लिन सकिने

काठमाडौं । भोलि आइतबारदेखि जनकपुर र बिराटनगरबाट पनि श्रम स्वीकृति लिन सकिने भएको छ ।

मन्त्रीपरिषदले गत पौष ११ गते गरेको निर्णय कार्यान्वयन गर्ने क्रममा भोलिदेखि उपरोक्त स्थानबाटै श्रम स्वीकृत लिन सकिने भएको हो । यसअघि काठमाडौं र उपत्यकाबाहिर पोखरा र भैरहवाबाट मात्रै यस्तो सेवा लिन सकिने व्यवस्था थियो ।

मन्त्रीपरिषदको पहिलो बैठकले नागरिकहरूलाई प्रदान गर्दै आएका आधारभूत सेवा दिने निकायहरूको सेवा प्रवाहलाई सुगम, सरल र कम खर्चिलो झण्झटमुक्त बनाउने, यसमा देखिने गरी सुधारका कामहरू तत्काल आरम्भ गर्ने र कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

सोही निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मातहतका मन्त्रालयहरूलाई कार्ययोजना निर्माण गरी कार्यान्वयनमा जान निर्देशन दिएबमोजिम भोलिबाट थप दुई स्थानबाट श्रम स्वीकृति लिने व्यवस्था सुरु हुने बताइएको छ ।

सुर्खेत र धनगढीबाट भने छिट्टै प्राविधिक तथा भौतिक तयारीपछि यो सेवा सुरु हुनेछ । त्यसका लागि सरकारको तर्फबाट आवश्यक गृहकार्य भइरहेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरणले जानकारी दिए।

यसअघि प्रदेशहरूबाटै श्रम स्वीकृत लिन नसकिने अवस्थाका कारण नागरिकले सास्ती पाउँदै आएका थिए।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);