रोजगारका लागि विदेशिएकाको श्रम स्विकृती अब बिदेशबाटै | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

रोजगारका लागि विदेशिएकाको श्रम स्विकृती अब बिदेशबाटै

  • अनलाईनबाटै बिमा र कल्याणकारी कामेषको रकम भुक्तानी गर्ने ब्यवस्था लागू
  • झण्झटिलो प्रावधान हटे लगत्तै युवाहरुको लाखौं रकम जोगियो

काठमाडौं, २१ मंसिर । विदेशिएका नेपाली कामदार म्याद सकिएपछि पुनः नेपाल आएर श्रम स्विकृती लिनुपर्ने झण्झटबाट मुक्त भएका छन् । सरकारले गत भदौबाटै सम्बन्धित मुलुकमा रहेका नेपाली दुतावास र नियोगबाटै श्रम स्विकृती दिलाउने ब्यवस्था गर्ने घोषणा गरेको थियो । तर, कोरोना महामारीका कारण समयमै काम शुरु हुन भने सकिरहेको थिएन । मंसिरको दोश्रो साताबाटै सरकारले बिमा र कल्याणकारी कोषको पैसा अनलाइनमार्फत भुक्तानी गर्ने सेवा सुरु गरेपछि वैदेशिक रोजगारीमा रहेकाहरु पुनः श्रम स्वीकृतिका लागि नेपाल आउनुपर्ने झण्झटबाट मुक्त भएका हुन् ।

वैदेशिक रोजगार विभागले आफु मातहत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफईआईएमएस) मार्फत नियोगबाट दिने श्रम स्वीकृति सेवालाई समावेश गरी सेवा विस्तार गरेको पछि अहिले विदेशबाट श्रम स्वीकृति सेवा लिने र विमानस्थलमै स्वदेश फर्कने श्रमिकको तथ्यांक राख्ने २ वटा व्यवस्था एकै साथ सुरु भएका छन् । विभागले यि सेवामा विस्तार गरे लगत्तै श्रम स्वीकृतिको म्याद सकिएका श्रमिकले सम्बन्धित देशको नियोगमार्फत नै स्वीकृति नवीकरण गर्न सक्ने भएका छन् । यो ब्यवस्था आउनु अघि श्रमिक आफैं नेपाल नै आएर विभाग वा मातहतका निकायमा उपस्थित भई पुनः श्रम स्वीकृति लिनु पर्ने ब्यवस्था थियो ।

यो व्यवस्था लागू गरिएपछि वैदेशिक रोजगारीमा रहेका युवाले काम गरिरहेको कार्यस्थलबाट नै स्विकृती लिन पाउने छन् । जसले वैदेशिक रोजगारीमा रहेका तयस्ता युवाको अनावश्यक रुपमा खर्च भईरहेको लाखौं रुपैयाँ समेत बचत हुने भएको छ । रोजगारीका लागि विदेश जाने ८० प्रतिशत श्रमिकले विभागको ताहाचलसहित देशभर रहेको ६ वटा श्रम कार्यलयबाट श्रम स्वीकृति लिदै आएका थिए । यस अघि बिभागले ताहाचारसँगै विराटनगर, जनकपुर, बुटवल, पोखरा, सुर्खेत र धनगढीबाट पनि श्रम स्वीकृति लिनसक्ने ब्यवस्था मिलाएको थियो ।

वैदेशिक रोजगार विभागले, विदेशस्थित नियोगलाई एफईआईएमएसमा जोडेर विदेशबाट पनि श्रम स्वीकृतिको काम सुरु गरेको बताएको छ । विभागका अनुसार, अबदेखि नेपाल आउन नसक्ने श्रमिकले विदेशस्थित नियोग, रोजगारदाता वा श्रमिक आफैंले पुनः श्रम स्वीकृतिको लागि आवेदन दिन सक्ने गरी अनलाईन प्रणाली शुरु गरिएको छ । विभागले तयार गरेको यो, एफईआईएमएस वैदेशिक रोजगारीका लागि काम गर्दै आएका सरकारी तथा निजी संस्थाहरूलाई अनलाइनमार्फत सूचना जोड्ने प्रणाली हो । जसमा राहदानी विभाग, अध्यागमन विभाग, कन्सुलर विभाग, बिमा बोर्ड,म्यानपावर कम्पनी, तालिम प्रदायक संस्था र नियोग लगायत १ दर्जन निकाय आबद्ध रहेका छन् ।

श्रम स्वीकृतिका लागि श्रमिकले तिर्नुपर्ने कल्याणकारी कोषको रकम, बिमा शुल्क लगायतका पैसा बुझाउने व्यवस्था सहज बनाउन ईसेवा र स्पारो पे प्रालिसँग विभागले सम्झौता गरेको छ । यसमा आइएमई पे लगायतका अन्य अनलाइन भुक्तानीमा काम गरिरहेका अन्य संस्थालाई पनि क्रमशः जोड्दै लैजाने योजना रहेको छ । नियोगबाट श्रम स्वीकृति दिन सुरु भएपछि वार्षिक औषत २ लाख ५० हजार बिदामा आउने श्रमिकको आर्थिक व्ययभार घट्ने भएको विभागको दावि छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);