बन्धक बनाएर युवती बलात्कार गरेको आरोपमा पक्राउ | ईमाउण्टेन समाचार

Our Network

माघ १४ २०७९, शनिबार

बन्धक बनाएर युवती बलात्कार गरेको आरोपमा पक्राउ

काठमाडौं, ७ चैत । राजधानीका सार्वजनिक सवारीसाधनहरु महिला तथा बालिकाका लागि असुरक्षित हुन थालेका छन् । काठमाडौंको चक्रपथमा सार्वजनिक यातायातका सवारी चालक र सहचालकहरुले एक बालिकालाई सामुहिक बलात्कार गरेको घटना बाहिरीएसंगै यहाँका सार्वजनिक गाडीहरु असुरक्षित भएको भेटिएको हो ।

गत फागुन १७ गते बल्खुमा निस्किएकी १५ वर्षिया बालिकालाई बा.४.ख.३८५१ नम्बरको गाडीचालक र सहचालकले लगेर १० दिन सम्म विभिन्न स्थानमा बन्धक बनाएर सामुहिक बलात्कार गरेका थिए ।

उक्त गाडिका चालक सन्तोष घिमिरे र सह चालक दिवस गड्तौलासहित बा २ ख २१९५ नम्बरको गाडीका चालक भोला तामाङ्ग, सह चालक चन्द्र बहादुर सापकोटा र अर्को गाडीका सह चालक सुदिप बजगाईले बलात्कार गरेको महानगरीय प्रहरी परीसर काठमाडौका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

उनीहरुले बालिकालाई फागुन १७ गते साँझ बसुन्धरा ग्यारेजमा, १८ देखि २४ गतेसम्म ललितपुरको हरीसिद्धिस्थित कोठामा, २४ र २५ गते गाडीमै र २७ गते स्वयम्भु ग्यारेजमा राखेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।

लगातार बलात्कार गरेका उनीहरुले फागुन २८ गते बालिकालाई गर्भ निरोधक औषधी खुवाएर २ सय ५० रुपैयाँ दिई स्वयम्भुमा लगेर छाडेका थिए । प्रहरीले घटनामा संलग्न ५ जनालाई पक्राउ गरी जवर्जस्ती करणी मुद्दा अन्तरगत अनुसन्धान गरिरहेको छ ।