बलात्कारको डरलाग्दो शृंखला | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बलात्कारको डरलाग्दो शृंखला

rape kesh

राजविराज, १७ चैत । फागुन अन्तिम साता इटहरी विष्णुपुर गाउँपालिकामा ३१ वर्षीया महिलाको सामूहिक बलात्कार भयो । उक्त घटनामा संलग्न एक जनालाई प्रहरीले भारतीय प्रहरीको सहयोगमा पक्राउ गरेको छ भने अर्का एकजनालाई गाउँबाटै पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ ।

इटहरी विष्णुपुरमा सामूहिक बलात्कार घटनाको २४ घण्टा नबित्दै शम्भुनाथ नगरपालिका ३ कचनदाहाकी १८ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भयो । स्थानीय ५ युवकले गहुँ खेतमा लगेर बन्धक बनाई चार घण्टासम्म सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।

सुरुङा नगरपालिका ३ मा गत फागुन १४ गते १६ वर्षकी किशोरीमाथि बलात्कार प्रयास भयो । छिमेकीको घरबाट बिहेको भोज खाई फर्किरहेका बेला साँझ ७ बजे टोलकै चार जनाले ती युवतीलाई नियन्त्रणमा लिई स्थानीयको गाईगोठमा लगेर बलात्कार गर्ने प्रयास गरेका थिए । आरोपी चार जनाबीच नै विवाद भई हल्ला भएपछि स्थानीय बासिन्दाले थाहा पाउँदा युवती बलात्कार हुनबाट जोगिएकी थिइन् ।

खड्ग नगरपालिका ९ लालपटीका १८ वर्षीय राजदेव मण्डलले आफनै काकाकी छोरी पार्वतीको बलात्कारपछि गत माघ २५ गते हत्या गरे । सुरुमा परिवारले पार्वतीको हत्या नभई भवितव्य मृत्यु भन्यो तर प्रहरी अनुसन्धानले राजदेवले नै बलात्कार गरी हत्या गरेको खुलेपछि उनी पक्राउ परे ।

छिन्नमस्ता गाउँपालिकाकी २ वर्षीया बालिकालाई स्थानीय १२ वर्षका एक किशोरले फागुन दोस्रो साता बलात्कार गरे । अभिभावक घरबाहिर रहेका बेला नाबालिकालाई छिमेककै १२ वर्षीय किशोरले जबरजस्ती करणी गरेको खुलेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।

फागुनमै कृष्णासवरण गाउँपालिका ६ मा ३ वर्षीया बालिका र गत माघ ८ मा महदेवा गाउँपालिकामा ११ वर्षीया बालिकाको बलात्कार घटनामा प्रहरीले अनुसन्धान अघि बढाएको छ । कृष्णासवरण गाउँपालिकाकी बालिकाका अभिभावकले प्रहरीमा खबर गरेपछि बलात्कार गर्ने १३ वर्षीय बालकलाई नियन्त्रणमा लिएको छ ।

गत माघ ८ गते तिलाठी कोइलाडी गाउँपालिका ७ मंसापुरकी ११ वर्षीया बालिका आफू अध्ययनरत महदेवा गाउँपालिकास्थित एक बोर्डिङ स्कुलबाट पूजा गरेर घर फर्किने क्रममा बलात्कृत भइन् । बलात्कार आरोपमा एक पुरुषलाई प्रहरीले नियन्त्रणमा लिई म्याद थप गरेर अनुसन्धान सुरु गरेको छ ।

गत फागुन २९ गते छिन्नमस्ता सखडाबाट काठमाडौं चल्ने बा५प ३१४१ नम्बरको माइक्रोबसभित्रै एक युवती बलात्कृत भइन् । राजविराजबाट पूर्व जानका लागि लिफ्ट लिएकी ती १७ वर्षीया युवतीलाई सीमावर्ती छिन्नमस्ताको सखडामा पुर्‍याएर चालक भगवानपुर ९ का वैद्यनाथ दास र सहचालक राप्तीसुनारी ५ का खेमराज बैंसेले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

सीमा क्षेत्रबाट नियमित गस्तीमा फर्किरहेको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा युवतीलाई बलात्कार गरिरहेकै अवस्थामा चालक र सहचालकलाई भेटेका थिए । आरोपीलाई जबरजस्ती करणी मुद्दामा कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी प्रमुख एसपी मुकेशकुमार सिंहले जानकारी दिए ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);