हजुरआमासँगै सुतेकी ४ वर्षीया बालिका बलात्कृत ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

हजुरआमासँगै सुतेकी ४ वर्षीया बालिका बलात्कृत !

rape

काठमाडौं, १० फागुन । पुनर्वास नगरपालिकाको (ख) गाउँमा ४ वर्षीया बालिका बलात्कृत भएकी छन् । प्रहरीले बलात्कार आरोपमा पुनर्वास नगरपालिका–८ (क) गाउँका ३६ वर्षीय भीमबहादुर श्रीमाललाई पक्राउ गरेको छ । कृष्णपुर नगरपालिका–४ मौरीफाँटामा १३ वर्षीया किशोरी बलात्कृत भएको ६ दिन नबित्दै फेरि अर्को बलात्कारको घटना सार्वजनिक भएपछि स्थानीय आक्रोशित छन् ।

पुनर्वासमा हजुरआमासँगै सुतेकी बालिकालाई युवकले बाहिर लगेर बलात्कार गरी फेरि सोही ठाउँमा छाडेर गएको प्रहरीले जनाएको छ । श्रीमाललाई प्रहरीले मंगलबार पुनर्वास नगरपालिका–९ (ख) गाउँबाट पक्राउ गरेको हो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टले बताए । ‘घटनाको दोस्रो दिन पीडकले नै पीडितका आफन्तलाई धम्काएपछि घटना बाहिर आएको हो,’ उनले भने, ‘बालिकाका आफन्तले श्रीमाललाई राति घरबाट बाहिर निस्किरहेको अवस्थामा देखेपछि संलग्नता खुलेको हो ।’, आजको कान्तिपुरमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);