बसको चक्कामुनि ६ महिनाकी बालिका फेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

बसको चक्कामुनि ६ महिनाकी बालिका फेला

काठमाडौं,३ माघ । भारतको केओझार जिल्लाको चम्पुआमा एक बाबुले ६ महिने बालिकालाई बसको पांग्रामुनि छोडेर भागेको घटना सार्वजनिक भएको छ । जानकारीका अनुसार चम्पुवास्थित बस स्टेन्डमा रातभर रोकिएको धबलेश्वर नामक निजी बसको चक्कामुनि ती बालिका फेला परेकी हुन् ।

घाटगाउँदेखि चम्पुवासम्म चलेको यो बस साँझ चम्पुआ पुग्यो । राति करिब ९ बजे गाडीको पांग्रा चेक गर्ने क्रममा चक्कामुनि झोला देखेको गाडीका सहचालक गुडु महरानाले बताए । झोला भित्र हेरेपछि बालिका रुन थालिन् ।

उनले तत्कालै त्यहाँ उपस्थित स्थानीयलाई खबर गरी चम्पुवा प्रहरी चौकीमा खबर गरेका थिए । खबर पाएलगत्तै चम्पुवा प्रहरी घटनास्थलमा पुगेर बालिकालाई उद्धार गरी नजिकैको चम्पुवा अस्पतालमा भर्ना गरेको थियो ।

केटी एकदमै कमजोर भइसकेको थियो र डिहाइड्रेसनबाट पीडित थिइन् । तर, राति सलाइन, औषधि र खाना दिएपछि चिकित्सकले बालिकाको अवस्था राम्रो भएको बताए । बालिकाका आफन्तले झोलामा राखेर बसको चक्कामुनि छोडेर भागेको आशंका गरिएको छ ।

बरामद भएकी बालिकालाई हाल चम्पुआ मेडिकल सेन्टरको एनआरसी सेन्टरमा राखिएको छ । त्यहाँका स्टाफ र नर्सहरूले बालिकाको हेरचाह गरिरहेका छन्। अर्कोतर्फ प्रहरीले बालिकाको सनाखत गर्न खोज्दा पनि केही पत्ता लाग्न सकेको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);