बालिकालाई बन्धक बनाएर बलात्कार गर्ने एक युवक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

खोटाङ, ३० असोज । खोटाङमा चौध वर्षीया बालिकालाई बन्धक बनाएर जबर्जस्ती करणी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

खोटाङस्थित उदयपुरको त्रियुगा नगरपालिका–९ का विदुर भनिने ट्रयाक्टर चालकले चौध वर्षीया बालिकालाई शरीर बन्धक बनाएर जबर्जस्ती करणी गर्ने युवक पक्राउ परेका हुन् ।

बालिकालाई विवाहको प्रलोभन देखाएर लामो समयदेखि जबर्जस्ती करणी गर्नुका साथै अपहरण गरी बन्धक बनाएर राख्ने कल बहादुर कटवालविरुद्ध पीडित बालिकाकी आमाले दिएको उजुरीका आधारमा असोज २९ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार हिरासतमा रहेका कटवालले अपराध स्वीकारिसकेका छन् र उनलाई जबर्जस्ती करणी, अपहरण र शरीर बन्धकको आधारमा कार्बाही अगाडि बढाइने प्रहरीले बताएको छ ।

गाईघाटस्थित एउटा घरमा राखेर पटक–पटक करणीको शिकार बनेकी बालिका नौ दिनपछि भदौ ३१ गते भाग्न सफल भएको आफन्तले जनाएका छन् ।

पीडित बालिकाको छिमेकी एक महिलाले ललाइफकाई कटवालसँग सम्पर्क गराइदिएपछि उक्त घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । बालिका अपहरणमुक्त भएपछि फरार रहेकी महिलाविरुद्ध समेत मुद्दा दर्ता गरेर खोजी कार्य शुरु गरिएको प्रहरीले बताएको छ ।

जबर्जस्ती करणी गर्नेलाई छ देखि १० वर्ष, अपहरण तथा शरीर बन्धक बनाउनेलाई सातदेखि १५ वर्ष कैद भुक्तानी गराउनुपर्ने व्यवस्था छ । नाबालिका भएको हकमा थप दुई वर्ष कैदसँगै क्षतिपूर्तिसमेत भराउने व्यवस्था रहेको प्रहरीले बताएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);