बालिकालाई जंगलभित्र लगी जबरजस्ती करणी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बालिकालाई जंगलभित्र लगी जबरजस्ती करणी

rape

सुनसरी । ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ परेका छन् । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धरान उपमहानगरपालिका–८ बस्ने १९ वर्षीय दिवश धौलाकोटीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

धौलाकोटीले ती बालिकालाई ललाई फकाई सोही ठाउँस्थित लांघाली सामुदायिक जंगलभित्र लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);