ललितपुरमा १२ वर्षीया बालिका बलात्कृत | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८०, बुधवार

ललितपुरमा १२ वर्षीया बालिका बलात्कृत

rape

ललितपुर । ललितपुरमा जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।

१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुर गाईघाट नगरपालिका–७ घर भई हाल ललितपुर महानगरपालिका–२८ हरिसिद्वी बस्ने २८ वर्षीय सुरेन्द्र बहादुर राईलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

राईले ती बालिकालाई गत शुक्रबार आफ्नै कोठामा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);