भारतबाट लागूऔषध बोकेर आउँदै गरेका दुईजना प्रहरी नियन्त्रणमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

भारतबाट लागूऔषध बोकेर आउँदै गरेका दुईजना प्रहरी नियन्त्रणमा

काठमाडौं । धनुषा जिल्लाको विदेह नगरपालिका १ महिनाथपुर स्थित सीमा ईलाकाबाट पौष २४ गते सशस्त्र प्रहरीले विभिन्न किमिसका लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

धनुषा जिल्लाको सबेला नगरपालिका ४ मखना बस्ने ३४ वर्षिय खालिल राईन र सोही जिल्लाको गणेशमान चारनाथ नगरपालिका ४ बिरेन्द्रबजार बस्ने २७ वर्षिय गुड्डु आलमलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी महिनाथपुरले उक्त लागूऔषधसहित नियन्त्रणमा लिएको हो ।

प्र २–०२–००४ प ६३१५ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेकामध्ये खालिल राईनको साथमा डाईजेपाम ईन्जेक्सन ७५ वटा, फेनारगन ईन्जेक्सन ७० वटा र आईपिपिएल ईन्जेक्सन ७५ वटा फेला पारेको थियो ।

पक्राउ परेका दुवैजनालाई बरामद लागूऔषध तथा मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय खजुरीमा बुझाईएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);