जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८०, शुक्रबार

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

rape kesh

खोटाङ,२३ चैत्र । जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ नाली बस्ने ३५ वर्षीय प्रकास परियारलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

परियारले ती बालिकालाई ललाई फकाई आफ्नै घरमा लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी दिप्रुङ चुईचुम्माबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);