मकै बारीमा बालिकालाई जबरजस्ती गर्ने युवक पक्राउ  | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

मकै बारीमा बालिकालाई जबरजस्ती गर्ने युवक पक्राउ 

rape
दाङ, १२ साउन । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।  तुलसीपुर उपमहानगरपालिका–११ बस्ने २३ वर्षीय बिनोद वलीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
वलीले ती बालिकालाई सोही ठाउँस्थित मकै बारीमा लगि मंगलबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);