८८ किलो सुन तस्करी आरोपमा तामाङ पक्राउ, कांग्रेसको समानुपातिक सूचीमा परेको खुलासा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

काठमाडौँ, ३० असोज । राजधानीमा पक्राउ परेको ८८ केजी अवैध सुन तस्करीमा संलग्न मानिएका रसुवाका मानबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

तामाङ आगामी निर्वाचनका लागि कांग्रेसतर्फको समानुपातिक सूचीमा समेत परेका छन् ।

नेपाल केरुङ व्यापार संघका अध्यक्ष समेत रहेका तामाङलाई स्वयम्भु क्षेत्रबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ ।

उनीमार्फत नै अवैध सुन चिनिँया नागरिकले नेपालमा भित्र्याउने गरेको प्रहरीको अनुमान रहेको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);