८८ किलो सुन प्रकरण: सुन बोकेको गाडी प्रहरीले नै चलाएको खुलासा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

काठमाण्डौँ, ३१ असोज। दुई महिनाअघि काठमाडौंमा बरामद भएको ८८ केजी सुन प्रहरीकै सहयोगमा भित्रिएको खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ । पक्राउ परेका व्यक्तिहरुले सुन बोकेको गाडी प्रहरीले नै चलाएर रसुवागढी नाकाबाट नेपाल भित्र्याएको बयान दिएका छन् ।

प्रहरीले सोमबार ८८ केजी सुन तस्करीमा सेटिङ मिलाउने जिम्मा लिएका रसुवाका मानबहादुर तामाङलाई पक्राउ गरेको छ । उनले रसुवामा प्रहरीसँग सेटिङ मिलाएर सुन भित्र्याउने गरेको अनुसन्धानबाट खुलेको छ ।

नेपाल–चीन केरुङ व्यापार संघका अध्यक्ष रहेका तामाङ आसन्न निर्वाचनमा कांग्रेसबाट समानुपातिकतर्फ प्रदेशसभा सदस्यमा सिफारिस भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);