चार वर्षमा बने चारवटै सरकार, एक सय ७८ मन्त्री, यस्तो छ सूची ! | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

काठमाडौँ, ३१ असोज । संविधानसभा र रूपान्तरित व्यवस्थापिका-संसद्को चारवर्षे कार्यकालमा चार सरकार गठन हुँदा मुलुकले १७८ मन्त्री पायो। ती सरकारमध्ये कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाले सबैभन्दा सानो २४ सदस्यीय मन्त्रिपरिषद् बनाए। कांग्रेसकै सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान मन्त्रिपरिषद् इतिहासकै जम्बो ६४ सदस्यीय छ।

अन्तरिम संविधानअनुसार गठन भएको ५९९ सदस्यीय संविधानसभासहितको संसद्बाट चार वर्षको अवधिमा प्रत्यक्ष निर्वाचित ९९ सांसद मन्त्री भएका छन्। समानुपातिकतर्फका ७१ जना सांसद मन्त्री भएका छन्। संविधान जारी हुनुअघिको सुशील कोइराला नेतृत्वको सरकारमा आठजना गैरसांसद मन्त्री भए। तर, नयाँ संविधानमा मन्त्री बन्न सांसद हुनैपर्ने प्रावधान राखिएकाले त्यसपछिका सरकारमा प्रत्यक्ष र समानुपातिकबाट आएका सांसद मन्त्री भएका छन्।

मन्त्रिपरिषद्बाट मनोनीत २४ सांसदमध्ये एमालेका अग्नि खरेल एकपटक मन्त्री भएका छन्। चार सरकारमध्ये सोमबार मात्रै कांग्रेसमा प्रवेश गरेका तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार सुशील कोइराला नेतृत्वको सरकारपछि निरन्तर तीनपटक उपप्रधानमन्त्री बनेका छन्।

त्यस्तै, राप्रपा नेपाल हुँदै राप्रपा भएका कमल थापा पछिल्ला तीन सरकारमा उपप्रधानमन्त्रीसहित सहभागी भएका छन्। आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ।

चार वर्षका चार प्रधानमन्त्री

सुशील कोइराला

२७ माघ २०७० देखि २३ असोज २०७२
दुई उपप्रधानमन्त्रीसहित २४ सदस्यीय मन्त्रिपरिषद्

केपी ओली

२४ असोज २०७२ देखि १८ साउन २०७३
६ उपप्रधानमन्त्रीसहित ४४ सदस्यीय मन्त्रिपरिषद्

पुष्पकमल दाहाल (प्रचण्ड)

१९ साउन २०७३ देखि २२ जेठ २०७४
चार उपप्रधानमन्त्रीसहित ५० सदस्यीय मन्त्रिपरिषद्

शेरबहादुर देउवा

२३ जेठ २०७४ देखि अहिलेसम्म
चार उपप्रधानमन्त्रीसहित ६४ सदस्यीय मन्त्रिपरिषद्

चार वर्षमा को–को भए मन्त्री ?

तीनपटक उपप्रधानमन्त्री हुने

१) विजयकुमार गच्छदार

२) कमल थापा

दुईपटक उपप्रधानमन्त्री हुने

कृष्णबहादुर महरा

तीनपटक मन्त्री हुने

प्रेमबहादुर सिंह

दुईपटक मन्त्री हुनेहरू
जनार्दन शर्मा

गोपाल दहित

जितेन्द्र देव

दिलनाथ गिरी

विक्रम पाण्डे

दीपक बोहरा

गिरिराजमणि पोखरेल

सुनीलबहादुर थापा

दुईपटक राज्यमन्त्री हुनेहरू

जनकराज चौधरी

यसोधाकुमारी लामा

सुमित्रा थरुनी

कुन्तीकुमारी शाही

विराज विष्ट (एकपटक राज्यमन्त्री, एकपटक सहायकमन्त्री)

एकपटक उपप्रधानमन्त्री हुनेहरू

वामदेव गौतम

प्रकाशमान सिंह

भीमबहादुर रावल

सिपी मैनाली

चित्रबहादुर केसी

टोपबहादुर रायमाझी

गोपालमान श्रेष्ठ

विमलेन्द्र निधि (एकपटक उपप्रधानमन्त्री, एक कार्यकाल मन्त्री)

 

एकपटक मन्त्री हुनेहरू

डा. रामशरण महत

नरहरि आचार्य

महेश आचार्य

चित्रलेखा यादव

डा. मीनेन्द्र रिजाल

राधा ज्ञवाली

एनपी साउद

डा. नारायण खड्का

महेन्द्रबहादुर पाण्डेय

खगराज अधिकारी

भीम आचार्य

लालबाबु पण्डित

दलबहादुर राना

कर्णबहादुर थापा

हरिप्रसाद पराजुली

पुरुषोत्तम पौडेल

निलम केसी खड्का

विष्णु पौडेल

दीपक बोहरा

गिरिराजमणि पोखरेल

अग्निप्रसाद सापकोटा

शक्तिबहादुर बस्नेत

एकनाथ ढकाल

सत्यनारायण मण्डल

अग्नि खरेल

सोमप्रसाद पाण्डे

रामकुमार सुब्बा

रामजनम चौधरी

हरिबोल गजुरेल

शेरधन राई

शान्ता मानवी

रेखा शर्मा

गणेशमान पुन

उमेशकुमार यादव

आनन्दप्रसाद पोखरेल

विश्वेन्द्र पासवान

शिवलाल थापा

डा. प्रकाशशरण महत

बालकृष्ण खाण

सूर्यमान गुरुङ

गौरीशंकर चौधरी

दलजित श्रीपाइली

जयदेव जोशी

हितराज पाण्डे

सुरेन्द्रकुमार कार्की

धनीराम पौडेल

अजयशंकर नायक

केशवकुमार बुढाथोकी

रोमी गौचन थकाली

सीतादेवी यादव

जीवनबहादुर शाही

दीपक गिरी

नवीन्द्रराज जोशी

शंकर भण्डारी

गगन थापा

हृदयराम थानी

अर्जुननरसिंह केसी

रमेश लेखक

फरमुल्लाह मन्सुर

प्रभु साह

यज्ञबहादुर थापा

सञ्जय गौतम

रामकृष्ण यादव

राजेन्द्रकुमार केसी

भीमसेनदास प्रधान

अम्बिका बस्नेत

मोहनबहादुर बस्नेत

वीरबहादुर बलायर

मीनबहादुर विश्वकर्मा

महेन्द्र यादव

गिरिराजमणि पोखरेल

टेकबहादुर बस्नेत

शिवकुमार मण्डल

महेन्द्रबहादुर शाही

आशा कोइराला

सन्तकुमार थारू

जितेन्द्र देव

मिथिला चौधरी

रेशम लामा

ज्ञानेन्द्रबहादुर कार्की

विक्रम थापा

जयन्त चन्द

एकपटक राज्यमन्त्री हुनेहरू

टेकबहादुर गुरूङ

गिरिबहादुर केसी

मेघराज नेपाली

निषाद मो. मुस्ताक आलम

विक्रमबहादुर थापा

दिनेशचन्द्र यादव

दामोदर भण्डारी

बलबहादुर महत

नरदेवी पुनमगर

मञ्जुकुमारी चौधरी

दीपनारायण साह

सीताराम महतो

तारामान गुरुङ

सुरेन्द्रराज आचार्य

सुवर्ण ज्वारचन

इन्द्रबहादुर बानियाँ

दिलीप खवास गच्छदार

दीपक खड्का

कञ्चनचन्द्र बादे

मिठु मल्ल श्रीप्रसाद जबेगू

सत्यनारायण भगत

राधिका तामाङ

धनमाया विक

दीर्घराज भाट

परशुराम तामाङ

उदयशमशेर राणा

डिल्लीबहादुर चौधरी

तेजुलाल चौधरी

चम्पादेवी खड्का

मोहम्मद जाकिर हुसेन

रामसिंह यादव

श्यामकुमार श्रेष्ठ

शम्भुलाल श्रेष्ठ

कर्णबहादुर विक

छमबहादुर गुरुङ

गोमा कुँवर ओङ्दी शेर्पा

सीता गुरुङ

सरिता प्रसाईं

शेषनाथ अधिकारी

नरबहादुर चन्द अब्दुल

रज्जाक गद्दी

तप्तबहादुर विष्ट

अमरसिंह पुन

दिलमान पाख्रिन

कमला शर्मा

भास्कर भद्रा

कान्ता भट्टराई

सुशील श्रेष्ठ

एकपटक सहायक मन्त्री हुने

दिनेश श्रेष्ठ

 

गैरसांसद सात मन्त्री, एक राज्यमन्त्री

राधा ज्ञवाली

महेन्द्रबहादुर पाण्डेय

खगराज अधिकारी

लालबाबु पण्डित

दलबहादुर राना

हरिप्रसाद पराजुली

निलम केसी खड्का

गिरिबहादुर केसी (गैरसांसद राज्यमन्त्री)

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);