रामचन्द्र पौडेलले पार्टीको नाम नै सही भन्न नसकेपछि | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

काठमाडौं, ३१ असोज । विजयकुमार गच्छदारलगत्तै कांग्रेस नेता रामचन्द्र पौडेलको बोल्ने पालो आयो। उनले वाम गठबन्धनका नाममा धु्रवीकरण गराउने र प्रजातन्त्रलाई मास्न खोज्नेविरुद्ध एक भएर लाग्नुपर्ने बताए।

गच्छदारको पार्टी कांग्रेसमा मिसिँदा आफूहरूको अभियानमा बल पुग्ने बताए। तर, एकीकरण हुँदै गरेको गच्छदारको पार्टीको नाम सही उच्चारण गर्न जानेनन्। ‘संघीय लोकतान्त्रिक’ भन्ने शब्दावली दुईपटक उच्चारण गरे, फेरि ‘नेपाल लोकतान्त्रिक’ मात्रै भन्दा अलमलिए।

फेरि सुधार्न खोज्दा ‘नेपाल संघीय लोकतान्त्रिक फोरम’ भने यतिखेरसम्म हलमा हाँसो गुन्जिसकेको थियो। पौडेलले पार्टीको नाम भन्न नसकेपछि हलबाट केही सहभागीले सही नाम भनिदिएपछि पौडेलले पाँचौँपटकमा ‘नेपाल लोकतान्त्रिक फोरम’ भने। आफ्नै पछिल्ततिर ब्यानरमा पार्टीको नाम उल्लेख भए पनि उनले त्यता ध्यान दिएनन्। आजको नयाँ पत्रिका दैनिकमा खबर छ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);