प्रधानमन्त्रीले निरंकुश लाद्न खोजे : पौडेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८१, आइतबार

प्रधानमन्त्रीले निरंकुश लाद्न खोजे : पौडेल

सुनसरी, ९ फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न संवैधानिक आयोगहरुमा राम्रा भन्दा हाम्रा मन्छे भर्ती गरेको बताएका छन् ।

नेपाल प्रेस युनीयन सुनसरीले इटहरीमा आयोजना गरेको साक्षातकार कार्यक्रममा बोल्दै पौडेलले आयोगहरुमा आफ्नो खटनमा चल्ले मान्छे मात्र भर्ना गरि प्रधानमन्त्रीले निरंकुशता लाद्न खोजेको आरोप लगाए ।

शानिबार विराटनगरको कार्यक्रमा ओलीले सर्बोच्चको फैसला आँफू अनुकुल नआए आन्दोलन गर्ने भन्ने भनाई घोर आपत्ति भएको बताए । उसले के भन्न खोजेको अदालतलाई, अदालतलाई धम्कि दिने, यसले निरंकुशता र शर्वसत्ताबाद लाद्न खेजेको देख्छु ।’ उनले भने । नेता पौडेलले संसद पुनःस्थापना हुनेमा आफूहरु ढुक्क रहेको भन्दै ओलीले घुडा टेकिसकेको उल्लेख गरे ।

आफ्ना पार्टी सभापतिले देशको संबिधान नै बिगठन हुदा समेत कुनै चासो नदेखाको बताउदै संसद् मारेर अध्यादेश बाट शासन चलाउँदै लोकतान्त्रिक विधि र प्रक्रियाको धज्जी उडाइएका बेला हामी चुनाव–सुनावको कुरामा अलमलिनु हुँदैन । चुनाव कांग्रेसका लागि कुनै अवसर होइन ।

मुलुक खल्बल्याउने, लोकतान्त्रिक हतियारले लोकतन्त्रलाई नै प्रहार गर्नेहरूबाट कसरी मुलुकलाई जोगाउने भन्ने फेरि अर्को चुनौती कांग्रेस सामू आइलागेको बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);