सरकारले निरंकुशता लाद्न खोज्यो : डा. केसी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

सरकारले निरंकुशता लाद्न खोज्यो : डा. केसी

govinda kc

काठमाडौं, २२ असार । अनसनरत चिकित्सक गोविन्द केसीले सरकारले निरंकुशता लाद्न खोजेको आरोप लगाएका छन् । सरकारले नीजि क्षेत्रलाई मेडिकल खोल्न दिने विद्येयक ल्याएर पुरानो सरकारसँग भएको सम्झौता उल्लंघन गरेको आरोप लागाए ।

कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठानको आईसियुमा अनसनरत चिकित्सक केसीले संचारकर्मीसँग सरकार माफियासँग मिलेको आरोप लगाए ।

अनसनको सातौ दिनमा डाक्टर केसीको स्वास्थ्यमा भने समस्या देखिन थालेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका ३ जना चिकित्सकको टोली केसीको उपचारमा संलग्न छन् । उनको स्वास्थ्य अवस्था स्थिर रहेको उपचारमा संरुलग्न चिकित्सकको भनाइ छ ।

उपचारका लागि काठमाडौबाट गएको टोलिलाई डा.केसीले फिर्ता पठाएका छन् । आफ्नो उपचारका लागि कर्णालीका चिकित्सक सक्षम रहेको भन्दै टोलीलाई फिर्ता पठाएका हुन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);